News & Events »

हेल्प डेस्कको टोली मनहरीमा (२०७८ जेष्ठ २५)

COVID Help Desk1 Manahari

कोभिडको कारण सामान्यदेखि सम्पन्नलाईसमेत प्रभावित बनाएको अहिलेको अवस्थामा समाजलाई केही योगदान पु¥याउने सदासयकासाथ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कोभिड हेल्प डेस्क मकवानपुर गठन गरी कोभिडको कारण समस्यामा रहेका व्यक्ति वा परिवारलाई सकेको राहत पु¥याउने उदेश्य हेल्प डेस्कको रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर संचालन गरिरहेको छ । जहाँ कोभिड संक्रमतिहरुको निःशुल्करुपमा आइसोलेशन सेवा उपलब्ध छ ।

मंगलबार मनहरी आइसोलेशनको लागि चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालसहितको टोली गाउँपालिकामा नै गई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई उक्त अक्सिजन हस्तान्तरण गरिएको हो । कोभिड हेल्प डेस्कको टोलीले मंगलबार मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी र वरिष्ठ उपसभापति गणेश मानन्धरलाई मनहरी क्षेत्रमा कोभिड संक्रमण न्यूनिकरण अभियानको लागि च्यावनप्रास दुई काटुन, फलफुल एक काटुन र फेससिल्ड बीस थान उपलब्ध गराएको छ । मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवालले संयोजन गर्नुभएको मनहरीको कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु गोकर्ण पराजुली, मणिराज गौतम, रामकुमार एलन, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, राजाराम बोगटीलगायतको सहभागिता रहेको थियो ।
मंगलबार नै हेल्प डेस्कबाट थप दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–२, पुरानो मकवानपुर रोड निवासी एकजना र हेटौंडा–१५, रातोमाटेका एकजनालाई अक्सिजन वितरण गरिएको हो ।
पल्पसा आइसोलेशन सेन्टरलाई चुरे हिल हस्पिटलले आइसोलेशन संचालन अवधिभरको लागि एक थान अटोक्लेभ सहयोग गरेको छ । अटोक्लेभले संक्रमितको लत्ताकपडा डिसइन्फेक्सन गर्न सघाउदछ ।
मंगलबार २४ जना कोभिड संक्रमितहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरबाट फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये एकजना गौरीटार आइसोलेशनमा, दुईजना अस्पतालमा र बाकी २१ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback