News & Events »

हेल्प डेस्क टोली आइसोलेशनको व्यवस्थापनमा (२०७८ आषाढ १०)

COVID Help Desk3.10
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा १७ जना उपचाररत हुनुहुन्छ । जसमध्ये १० जना पुरुष र ७ जना महिला हुनुहुन्छ । हालसम्म ४० जनाले पल्पसा आइसोलेशन सेन्टरमा भर्ना भई स्वास्थ्यलाभ लिनुभएको छ । संक्रमितहरुको उचित स्याहार र व्यवस्थापकीय कार्यमा हेल्प डेस्क टोली निरन्तर स्वयमसेवी तवरले खट्दै आउनुभएको छ ।
पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार २५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये एकजना अस्पताल भर्ना हुनुभएको र एकजना पल्पसा आइसोलेशन सेन्टरमा भर्नाहुन आउनुभएको थियो । बाकी २३ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।
हेटौंडा–५ निवासी कमला श्रेष्ठले दुई क्रेट अण्डा सहयोग गर्नुभएको छ । उहांले पल्पसा आइसोलेशन सेन्टरमा उपचाररत कोभिड संक्रमितहरुको लागि सहयोग गर्नुभएको हो ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । बिहीबार संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback