News & Events »

वस्तुगत संघसंग संघको छलफल । (२०७४ माघ २)

 

                संघले व्यावसायिक हित तथा सदस्यहरुको सुविधाका लागि आप्mनो वस्तुगत संघसंग छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपाल तयारी पोशाक व्यवसायी संघ मकवानपुरसंग शनिवार बजार बन्दलाई नियमन गर्ने र नेपाल औषधि व्यवसायी संघ मकवापुरसंग संघका सदस्यज्यूहरुलाई औषधी खरिदमा छुट गर्ने सम्बन्धमा बेग्लाबेग्लै प्रारम्भिक छलफल गरेको थियो । छलफलको क्रममा संघको आह्वानमा गरिदै आएको शनिबार बन्दलाई नियमन गर्न सबै वस्तुगत संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ भने संघको प्रस्तावलाई आप्mनो तर्फबाट पूर्ण सहयोग रहने तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष समीर डंगोलले बताउनुभएको छ ।

                नेपाल औषधी व्यवसायी संघको छलफलमा संघका सदस्यहरुलाई आवश्यकीय औषधीहरुमा छुट गरिदिन आग्रह गरिएको थियो । संघको प्रस्तावलाई सकारात्मक रुपमा लिदै नेपाल औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालज्यूले एकसाता भित्र आप्mनो कार्यसमिति बैठकमार्फत निर्णय गरी छुटको प्रतिशत तय गरिने जानकारी दिनुभएको थियो । छलफलमा व्यावसायिक समस्याको बारेमा समेत छलफल गरिएको थियो । छलफलमा दुबै वस्तुगत संघका पदाधिकारी, सदस्यसहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback