News & Events »

हाडीखोलामा राहत (2072.01.31)

मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार मकवानपुरको हाडीखोला गाविसमा महाभूकम्प प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । सि.सि.डि.एन.को समेत राहत सामाग्री सहयोगमा उक्त कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा वितरण कार्यक्रम सम्पन्न भएको छ । राहत सामाग्रीहरु त्रिपाल १५ थान, कम्बल २० थान, मिक्स खाद्यान्न २० काटुन, चाउचाउ २० काटुन र वाटर व्याग ५ थान हाडीखोला–७ को वनकरिया बस्तिमा वितरण गरिएको संघका महासचिव महेन्द्र राउतले बताएका छन् । बनकरिया नेपालको अल्पसंख्यक समुदाय अन्तर्गत पनि पर्दछ । महाभूकम्प गए लगत्तैबाट संघ राहत सामाग्री संकलन र वितरणमा निरन्तर क्रियाशिल रहदै आएको छ ।
वितरण कार्यक्रममा संघका सल्लाहकार तथा अग्रज पत्रकार प्रताप विष्ट, विशेष आमन्त्रित सदस्य कृष्णराम न्यौपाने, राममणी दहाल, रामहरी बन्जारा, रामऔतार जालान, सि.सि.डि.एन.का सुवास न्यौपाने, कमल बि.क. विजयकुमार श्रेष्ठ, स्टम फाउण्डेशनका विजया गोदार, पत्रकार सविन न्यौपाने, बालकृष्ण अधिकारी, हाडिखोला गाविस सहायक विदुर पाठक र स्थानीय शिक्षक विदुर थापासमेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी संघले महाभूकम्पको कारण मृत्युवरण गर्ने परिवारलाई जनही रु. दशहजारका दरले नगद सहयोग गर्ने घोषणा मुताविक यस अघि संघकै सचिवालयमा र स्थानीय ठाउमै गई विभिन्न कार्यक्रम गरी टिष्टुङ, नामटार, आग्रा, थाहा नगरपालिका र हेटौंडा उमनपा क्षेत्रका मृतकका परिवारलाई राहत वितरण गरिसकेको छ भने बिहीबार हाडिखोला–७, मसिनेमा स्व. रामशरण कार्कीको परिवारलाई रु. दशहजार नगद राहत प्रदान गरिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback