News & Events »

स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको स्वागतः


    संघले जिल्लामा नव आगन्तुक जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा र हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्क्षतामा गरिएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य दिनुहुँदै अध्यक्ष न्यौपानेले संघको परम्परा अनुसार जिल्लामा नवआगन्तुक प्रमुखहरुको सम्मानमा स्वागत गरिने परम्परालाई निरन्तरता दिएको जानकारी गराउनुभयो । यस किसिमको कार्यक्रमले एकआपसमा सम्बन्ध प्रघाढ हुने र सहकार्यमा सहज हुने विश्वास रहेको जानकारी गराउनु भएको थियो । संघले जिविस र हेउमनपा संग विगत लामो समय देखि पिपिपि अवधारणा अनुसार कार्य गर्दै आएको जानकारी गराउनुभएको थियो । आगामी दिनहरुमा उक्त कार्यको निरन्तरताको साथै अझ थप कार्यक्रमहरुको अपेक्षा रहेको जानकारी गराउनुभएको थियो । अध्यक्ष न्यौपानेले नव आगन्तुक द्धयको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कार्यक्रममा स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा सम्पूर्ण वस्तुगतको तर्फबाट माछा मासु व्यवसायी संघका महासचिव नारायण राजथलाले शुभकामना मन्तब्य दिनुभएको थियो । त्यसै गरि निजी क्षेत्रको तर्फबाट नारायणी यातायात संघका अध्यक्ष बद्रि प्रसाद चौंलागाईले जिल्लाका नव आगन्तुक द्धयलाई कार्यकालको पूर्ण सफलताको कामना गर्दै आगामी दिनहरुमा निरन्तर सहयोगमा कार्यगर्ने अपेक्षा रहेको जानकारी गराउनुभएको थियो ।
त्यसैगरि कार्यक्रममा संघका पूर्व अध्यक्ष दिपकप्रसाद श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो । मन्तब्यको क्रममा श्रेष्ठले कार्यकालको पूर्ण सफलताको कामना गर्नुहँुदै विगतदेखि नै रहेको सहकार्य अझ प्रघाढ रहोस भन्ने चाहाना राख्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष तथा संघका पूर्व अध्यक्षले अरुणराज सुमार्गीले पनि मन्तब्य दिनुभएको थियो । मन्तब्यको क्रममा उहाँले आगन्तुकहरुलाई जिल्ला तथा नगरको विकासमा ध्यानाकर्षण गराउनुभएको थियो । आफ्नो कार्यकालमा केहि नयाँ कार्यगर्नुहुन सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलले स्वागतको लागि धन्यावद दिनुहुँदै संघ संगको सहकार्यलाई निरन्तरता दिनुको साथै थप अन्य कार्यहरुपनि सहकार्य गर्ने इच्छा रहेको जानकारी गराउनुभएको थियो । शहरको थप विकास र सौदन्र्यलाई जझ बढि प्राथमिकता राखेर कार्यगर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले एक नयाँ योजनाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले हेटौंडा बजारमा नयाँ कार्य स्थापित गर्ने प्रतिबद्धता दिनुभएको छ । बुद्धचोकबाट चौतर्फी रुपमा सोलार बत्ती आफ्नो कार्यकालमा राख्ने जानकारी गराउनुभएको थियो । पूर्वमा पिप्लेसम्म, पश्चिममा राप्ती पुलसम्म, उत्तरमा चौकीटोलसम्म र त्यसैगरि दक्षिणमा कर्रापुलसम्म सोलार बत्ती जडान गर्ने र त्यसकोलागि सम्पूर्ण संग सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । कार्यक्रममा उहाँले आउँदै गरेको चाडपर्वहरुको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तब्य सहित संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback