News & Events »

सुरुङ मार्ग सम्बन्धी छलफल कार्यक्रमः



     पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माण गर्ने भनेकाने हेटौंडा–कुलेखानी–काठ्माण्डौ सुरुङमार्गमा लगानीकर्तालाई ढुक्क हुन आग्रह गरेको छ । संघको आयोजनामा हेटौंडामा भएको अन्तरक्रियामा सुरुङमार्गको शेयर खरिद गर्नेहरुले कम्पनीले उक्त मार्ग निर्माण गर्न नसक्ने आरोप लगाइरहँदा कम्पनीले ढुक्क हुनु सुरुङ मार्ग बन्छ भन्ने जानकारी गराएका छन् । संघको पल्पसा सभागृहमा भएको अन्तरक्रियात्मक कार्यक्रममा लगानी डुब्लाकि भनेर चिन्ता लिएका शेयरधनीलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी, कम्पनी संचालनकर्ताहरुले मार्ग निर्माण हुने दाबी गर्दै लगानी सुरक्षित रहेको दाबी गर्नुभएको थिए । संघका पुर्व अध्यक्ष द्धय जीवनकाजी मकाजु र दीपकप्रसाद श्रेष्ठले जसरी भएपनि सुरुङमार्ग निर्माणको लगानीमा सबैको सहयोग आवश्यक रहेको औंलौनुभएको थियो । गैरआवासीय नेपाली कोरियाका अध्यक्ष रमेश उप्रेतीले कम्पनीलाई तत्काल काम थाल्न अनृुरोध गर्नुभएको थियो । काम थाल्नुस पैसाको समस्या हुन्न भन्ने विश्वास दिलाउनुभएको थियो । त्यसैगरि कम्पनीका बोर्ड सदस्य एवम् टीबीआई ग्रुपका सीईओ सनत न्यौपानेले सुरुङमार्ग निर्माण हुनेमा आफूहरु ढुक्क रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठले सुरुङ मार्ग निमार्ण हुन्छ यदि हुनसकेनभनेपनि शेयर लगानी कर्ताकोहरुको लगानी डुब्दैन फिर्ताहुने विश्वास व्यक्त गर्नुभएको थियो ।

       कम्पनीका अध्यक्ष कुशकुमार जोशीले नेपालीको लगानीले मात्र सुरुङमार्ग सफल नहुनेहुनाले विदेशी लगानीको लागि प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराउनुभएको थियो । ठूलो लगानीको आवश्यकता पर्ने भएकोले कठिनाईहरु आएकाहुन् । हामीले निश्चित समय तोकेकोले समस्या देखिएको हो मार्ग निमार्ण गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । नेपाली काँग्रेस ललितपुर सभापति एवम् सभासद् मदन अमात्यले आफू पनि सुरुङमार्गमा लगानी गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । आफूले तत्काल पाँचलाख रुपैयाको शेयर खरिद गर्ने जानकारी गराउनुभएको थियो । मार्ग बन्योभने काठमाण्डौ उपत्यका र मकवानपुरलाई फाइदा हुन्छ । सरकारबाट केहि अवरोध भएतापनि सबै मिलेर सल्टाउनुपर्छ भन्ने विचार राख्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कासस, पत्रकार, लगानीकर्ता लगायतका उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback