News & Events »

सुरक्षा सावधानीको पालना गर्न बस्तुगत संघसंग छलफल (२०७७ जेठ ३०)

मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार सरकारले लकडाउन खुकुलो बनाएसंगै सुरक्षा मापदण्ड पालना गर्ने बिषयमा बस्तुगत संघहरुसंग छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संघमा आवद्ध अधिकांश बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

अध्यक्ष कटुवालले सरकारले सुरक्षा सावधानी अपनाउदै केही व्यवसाय सुचारु गर्न गरेको निर्णयपछि सुरक्षा मापदण्ड पालना गर्नु सबैको कर्तव्य रहेको बताउनु भयो । मापदण्ड पालना गराउन आफ्ना–आफ्ना सदस्यहरुलाई उत्प्रेरित गर्न सबै बस्तुगत संघहरुलाई आग्रह गर्नुहुदै उहांले आवश्यक्तानुसार दण्ड जरिवाना समेत तोक्न पनि आग्रह गर्नुभयो । बिभिन्न बस्तुगत संघका तर्फबाट आएको जिज्ञासा माथि जबाफ दिनुहुदै व्यवसायीलाई घरभाडा, कर, बैंक किस्ता र कर्मचारीको तलब गरी ४ वटा प्रमुख समस्या रहेको र घरभाडा सम्बन्धमा नगरपालिकालगायत सरोकारवाला निकायको योजना हेरेर अघि बढिने, करको सम्बन्धमा केही थप समय पाइसकेको, बैंक किस्ता सम्बन्धमा २ प्रतिशत व्याज घटेको, लकडाउनको अवधिको किस्तामा असार मसान्त सम्म कुनै जबरजस्ती नहुने, पुर्नकर्जाको सुविधा प्राप्त भइसकेको, मौद्रिक नितिमार्फत थप सुविधा आउने सम्भावना रहेको, सोपश्चात लकडाउन अवधिको व्याज मिनाहा गराउन र सांवाको भाका सार्न पहल गरिने बताउनु हुंदै कर्मचारीको तलब सम्वन्धमा काममा लगाएको भए पुरा तलब र नलगाएको अवस्थामा आधा तलब पेश्कीको रुपमा दिने निर्णय महासंघबाट पनि आइसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुदै कोषाध्यक्ष अनिल अग्रवालले संघ आफैले व्यवसायीहरुलाई सचेत बनाउनुपर्ने, बैंकर्श एशोसिएसन संगको छलफलपश्चात केही अस्पस्टता रहेका बिषयमा रुपकराज दाहाल र राजु अधिकारी सहितको ३ सदस्यीय समितिले बैकर्शहरुसंग छलफल गरेको बताउनु हुदै ओडीको व्याज, होमलोन र हायरपर्चेज, बैंक ग्यारेन्टी, किस्ता माग, भाका नागेका ऋण तथा लिलामी सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । कासस राजु अधिकारीले अहिलेको समयमा सरकारी स्वास्थ्य सुरक्षा मापदण्ड पुरागर्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर सुनचांदी व्यवसायी संघका अध्यक्ष केशव रसाइलीले सरकारी मापदण्ड पुरागरी पसल खोलिने र पालना नगर्नेलाई दण्ड जरिवाना गर्न पहल गर्ने बताउनुभयो । जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिनाले मकवानपुरमा लकडाउनको अवधिमा पनि सहज गराउन पहल गरेकोमा मउवासंघलाई धन्यवाद दिनुभयो । साथै तराईबाट मजदुर/कालिगढ ल्याउने सम्वन्धमा सरकारी नीति प्रष्ट नभएको बताउनुभयो । क्यान महासंघ मकवानपुरका पुष्पराज पुडासैनीले कोरोना भाइरस स्टिल र मेटलबाट सर्ने सम्भावना बढी भएकोले मास्क, पञ्जा र भौतिक दुरी कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष एसिस रिजालले भौतिक दुरी व्यवहारिक रुपमा कठिन रहेको बताउनुभयो । मकवानपुर कपडा व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारीले व्यवसायी मात्रै नभएर उपभोक्तालाई पनि संघले सचेत गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष नारायण सिं थिङ, नेपाल निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष कृष्णराम न्यौपाने, मकवानपुर स्टिल तथा ग्रिल संघका केशव प्रसाई, मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघका राजदेब बानियाले सरकारले लकडाउन खुकुलो पार्दै सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सुचारु गर्ने निर्णयको स्वागत गर्दै सबैलाई धन्यबाद दिनुभयो साथै सुरक्षा सावधानी अपनाउन आफ्नो संघ अन्तर्गतका व्यवसायीहरुलाई आग्रह गर्ने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्धय कृष्ण कुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, सचिव बिष्णुगोपाल महर्जन र कार्यसमिति सदस्य रवि कडेल शर्माको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback