News & Events »

सुदुरपश्चिम प्रदेशका पर्यटनमन्त्रीको आग्रहः पहिला देश घुमौं (२०७६ मंग्सिर ५)

Kailali CCI visit

मकवानपुर उद्योग वाणिज्य संघको टोली अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा २०७६ मंसिर २ गते देखि ६ गतेसम्म नेपालको पश्चिमी क्षेत्रमा भ्रमणरत छन् । २४ सदस्यीय भ्रमण टोलीलाई मंसिर ५ गते कञ्चनपुर र कैलाली जिल्लाका उद्योग वाणिज्य संघले त्यहा स्वागत गरेका छन् । स्वागत तथा छलफल कार्यक्रममा आपसी अनुभव आदानप्रदान, नेपाल उद्योग वाणिज्य महासंघको भूमिका, संघको गतिविधिलगायतको विषयहरुमा चर्चा गरिएको थियो । कैलाली उद्योग वाणिज्य संघमा त्यहाका अध्यक्ष पुष्पराज कुवरको अध्यक्षता तथा सदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री भट्टले नेपाल सरकारले ल्याएको कार्यक्रम ''नेपाल भ्रमण वर्ष २०२०'' लाई सफल बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । देशलाई बुझ्न पहिला देश घुमौं भन्ने उहाको आग्रह रहेको थियो । नेपालमा विश्वस्तरको पर्यटकीय सम्पदा रहेकोले धर्तीको स्वर्गकोरुपमा देश रहेको बताउनु हुदै समृद्धिको लागि महिला उद्यमशिलताको विकासमा जोड दिनुभएको थियो । छलफल कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्षहरु र मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीलगायतले मन्तव्य राखेका थिए ।

Kanchanpur & Kailali CCI visit



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback