News & Events »

सिंचाई मन्त्रीसंग छलफल । (२०७४ माघ २२)

 

                संघले नेपाल सरकारका सिंचाईमन्त्री माननीय सञ्जय गौतमज्यूको स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा मन्त्री गौतमले बर्तमान सरकारको योजनामा राप्ति नदीको तटबन्द रहेको बताउनुभएको थियो । छलफललाई सम्बोधन गर्दै मन्त्री गौतमले प्रादेशिक राजधानीको स्थायीत्वकालागि केन्द्रीय सरकारले नभई प्रादेशिक सरकारले निर्णय गर्ने बताउनुभएको थियो । संघको सचिवालयमा भएको स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरको समसामयिक विषय र समस्यामा मन्त्री गौतमको ध्यानाकर्षण गराउनुभएको थियो । सो कार्यक्रममा मकवानपुरको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्र अंकित मायाको चिनोसमेत मन्त्री गौतमलाई हस्तान्तरण गरिएको थियो । छलफलमा संघका पदाधिकारी र कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback