News & Events »

सार्वजनिक निजि साझेदारी सम्बन्धमा छलफल (२०७६ कार्तिक १)

PPP मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार सार्वजनिक निजि साझेदारी (PPP) कार्यक्रम कार्यान्वयनको अवस्थाको सम्बन्धमा छलफल भएको छ । नेपाल इकोनोमिक फोरमका प्रतिनिधि र संघका पादाधिकारी तथा सदस्यको कार्यक्रममा सहभागिता रहेको थियो । संघको तर्फबाट विगतमा जिल्ला विकास समिति, मकवानपुर संग भएको सिमेन्ट निकासी करमा साझेदारी त्यसैगरी हेटौंडा उपमहानगरपालिका कार्यालयसंग भएको विज्ञापन कर, व्यवसाय कर, बसपार्क पसल कवल भाडा व्यवस्थापनलगायतमा सार्वजनिक निजि साझेदारी अवधारणा अन्तर्गत भएको साझेदारीको बारेमा संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी गराएका थिए । तर हाल ती सबै विषयमा विविध कारणले साझेदारी नरहेको पनि अध्यक्ष कटुवालले प्रष्ट पारेका थिए । सार्वजनिक निजि साझेदारी कार्यक्रम उत्कृष्ट कार्यसम्पादनको कार्यदिश भएपनि सरकारका स्थानीय निकायको यसप्रति देखिएको अरुचिले कार्यक्रम कार्यान्बयन कमजोर भएको छलफलमा चर्चा गरिएको थियो । छलफलमा नेपाल इकोनोमिक फोरमका प्रतिनिधिहरु राजु तुलाधर र नसला महर्जनको सहभागिता थियो भने संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेश भेटुवाल, महासचिव प्रमोद सिंह रानाभाट, सचिवद्वय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्यद्वय दिवस पराजुली, कृष्ण प्रसाद ढुंगाना र कार्यकारी सचिव पवन कार्कीको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback