News & Events »

सातौं गणतन्त्र दिवसमा फलफूल वितरण

७ औं  गणतन्त्र दिवस हेटौंडा  अस्पतालमा फलफुल वितरण प्रभातफेरी र प्रवचन कार्यक्रम गरी मनाईएको थियो । फलफूल वितरण कार्यक्रम संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य तथा सामाजिक व्यवस्थापन समितिका संयोजक श्री कृष्ण कटुवालको संयोजकत्वमा भएको थियो । कार्यक्रममा सभासद, प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठ लगाएतले अस्पतालमा भर्ना भएर बसेका विरामीहरुलाई फलफूल तथा बिस्कुट वितरण गरेका थिए । कार्यक्रममा संघका कार्यसमिति परिवार, महिला उद्यमीहरु, कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा फलफूल वितरण पश्चात सम्पूर्ण टोली प्रभातफेरिमा निक्लिएको थियो ।
    सोहि दिनमा ऊ“ बृद्धाश्रममा पनि फलफुल तथा बिस्कुट वितरण गरिएको थियो । उक्त आश्रममा रहेका बृद्ध÷बृद्धाहरुलाई वितरण कार्यक्रममा कार्यक्रमका संयोजक, महिला उद्यमी विकास समितिका का. वा. सभापति देव कुमारी ढकाल, नि. वर्तमान सभापति सरिदी श्रेष्ठ, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback