News & Events »

सहयोग गर्न अक्सिजन रिफिलिड्ड (२०७८ जेष्ठ १५)

COVID Help Desk 6

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कोभिडको कारण प्रभावितहरुलाई सहयोग पु¥याउने उद्देश्यले कोभिड हेल्प डेस्क मकवानपुर स्थापना गरी फरक–फरक अभियान संचालन गरिरहेको छ । दाताहरुसमेत सहयोगको लागि आकर्षित हुनुभएको छ भने हेल्प डेस्कले यो अभियानलाई निरन्तरता दिने प्रयत्न गरिने जनाएको छ । पल्पसा परिसरमा पल्पसा आइसोलेसन सेन्टर संचालन गर्नेगरी पूर्वाधारहरुको व्यवस्था तर्फ हेल्प डेस्क टिमले काम गरिरहेको छ । आइतबारसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन संचालन गर्ने अनुमति पाएपश्चात ठोस काम अघि बढाइने हेल्प डेस्क टिमले जनकारी गराएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरलाई हेल्प डेस्कले शनिबार सहयोग गरेको छ । ५० थान फेस सिल्ड र १०० जोर मेडिकल ग्लोब्स सहयोग गरिएको हो । नागरिकस्तरमा पत्रकारहरु खट्ने भएकोले पत्रकारहरुको सुरक्षा आवश्यक रहेकोले हेल्प डेस्क टिमले सहयोग गरेको हो । सहयोगको हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, भुवनलाल श्रेष्ठ, बासु खतिवडा, राम विष्टलगायतको सहभागिता रहेको थियो । बद्रि प्रसाद चौलागाई, शंकरलाल श्रेष्ठ,
हेल्प डेस्क टिमले ३६ वटा सिलिण्डरमा अक्सिजन भर्ने काम शनिबार सम्पन्न गरेको छ । जसमध्ये १० सिलिण्डर अक्सिजन लायन्स क्लबलाई अक्सिजन बैंकको लागि सहयोग गरिएको छ । लायन्स क्लब पनि हेल्प डेस्क टिमको सदस्य संस्था हो । त्यसैगरी हेल्प डेस्कको सदस्य संस्था कृष्ण प्रणामी समाजले कोभिडको कारण संकटमा परेकाहरुलाई निःशुल्क खाना वितरण गरिरहेको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback