News & Events »

संघका सदस्यज्यूहरुलाई होटलमा छुट । (२०७५ असार ५)

संघका सदस्यज्यूहरुले हेटौंडाका विभिन्न होटलहरुमा छुट सुविधा पाउनुहुने भएको छ । संघका सचिव विष्णुगोपाल महर्जनज्यूको अध्यक्षतामा होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच भएको छलफलपश्चात संघमा आवद्ध रहेका सदस्यहरुलाई छुट दिने निर्णय गरिएको हो । छलफल कार्यक्रममा होटल एशोसियसनका महासचिव शंकरलाल श्रेष्ठज्यूले होटलहरुले भोग्नुपरेका समस्याहरुमा पनि केन्द्रीत रहन आग्रह गर्दै मकवानपुरको पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हुन नसक्दा होटल व्यवसायीहरुलाई परेको समस्या श्रेष्ठले राख्नुभएको थियो । होटल प्रकाश ईन्टरनेशनल प्रा.लि का रविकुमार गुप्ताले होटलहरुले पनि समयसापेक्ष स्तरीकरण गर्दै लैजानु पर्ने र पर्यटक भित्र्याउन गरिने कार्यक्रमहरुमा संघबाट पनि आवश्यक पहल हुनुपर्ने बताउनुभएको थियो ।

संघका कार्यकारी सचिव विवेक मानन्धरज्यूले संचालन गर्नुभएको छलफल कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै संघका सचिव महर्जनले छलफल कार्यक्रमको उद्देश्य छुट प्रदान गर्ने मात्र नभई व्यावसायिक प्रवद्र्धन पनि रहेको बताउनुभएको थियो । पर्यटन प्रवद्र्धनमा संघ सदैव सकारात्मक रहेको र छलफलमा उठेका विषयहरुलाई संघले गम्भीर भई आवश्यक पहल गर्ने पनि उहा“ले बताउनुभएको थियो । संघका नविकृत सदस्यज्यूहरुले निम्न होटलहरुबाट तपसील बमोजिम छुट प्राप्त गर्न सक्नु हुनेछ ।

तपसिलः

सि.नं.     होटलको नाम       छुट

१.            होटल अन्नपूर्ण   खानामा १० प्रतिशत

२.            दामन पालुूङ पाहुनाघर   खाना र बसाईमा १० प्रतिशत

३.            मानस गेष्ट हाउस               बसाईमा १० प्रतिशत

४.            यूनिक कफि एण्ड फास्टफूड             खानामा १० प्रतिशत

५.            यूनिभर्सल फुड प्लाजा       खानामा १० प्रतिशत

६.            होटल सिमा प्रा.लि.             खानामा १० र बसाईमा २० प्रतिशत

७.            अमरदिप लज      बसाईमा २० प्रतिशत         

८.            होटल ओम नम वुद्ध प्रा.लि.               खाना र बसाईमा २० प्रतिशत

९.            समोसा हाउस       खानामा १० प्रतिशत

१०.         होटल हेटौंडा अनमोल ई.प्रा.लि.       बसाईमा २० प्रतिशत

११.         दाजुभाइ फास्टफुड             मिठाईमा १० प्रतिशत

१२.         अर्किड रिसोर्ट प्रा.लि.         खानामा १५ र बसाईमा २० प्रतिशत

१३.         रिगल हेटौडा रिसोर्ट प्रा.लि.               खानामा १५ र बसाईमा २० प्रतिशत

१४.         होटल प्रकाश ईन्टरनेशनल प्रा.लि. खानामा १५ र बसाईमा २० प्रतिशत

१५.         सुनगाभा गेष्ट हाउस          बसाईमा २० प्रतिशत



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback