News & Events »

सहज आपूर्तीको लागि संघमा छलफल (२०७६ चैत्र ७)

Korona Discussion with Commodity

मकवानपुर उद्योग वाणिज्य संघमा कोरोना सक्रमणको जोखिमको कारण हुनसक्ने सम्भावित दैनिक तथा अत्यावश्यक सामाग्रीहरुको अभावलाई मध्यनजर गर्दै सरोकारवालाहरुको शुक्रबार संघमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सदस्यहरु निलम वैद्य, माधव ज्ञवाली, राजाराम कार्कीलगायत कपडा तथा तयारी पोशाकका अध्यक्ष तेजराज अधिकारी, सिलाई व्यवसायी संघका अध्यक्ष नारायण सिंह थिङ, डिलर, खाद्यान्न आदि बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 

छलफलमा बोल्नुहुदै ग्यांस व्यावसायी संघका अध्यक्ष दिलिस गोविन्द जोशीले बजारमा ग्यांस अभाव नभएको स्पष्ट पार्नुहुदै उपभोक्ताले स्टक राख्न थालेकोले थोरै समस्या देखिएको बताउनु भयो । विभिन्न ग्यांस कम्पनीहरुसंग आफ्नो छलफल भइरहेको र ग्यांस अभाव नभएको उहांको थप स्पष्टोक्ती रहेको थियो । साथै ग्यांसको माग ह्वात्तै बढेको सन्दर्भमा आपुर्तिमा १ दिनसम्म ढिलो भएपनि बिभिन्न समाचारमा आएजस्तो अभावको कुरा यथार्थमा नभएको प्रष्ट पार्नुभएको थियो । साधारणतया साहारा ग्यांस मासिक २८००० थान जिल्लामा खपत हुनेमा फागुनमा ३१ हजार भन्दा माथि खपत देखिएको, त्यसैगरी चैत्र महिनाको पछिल्लो ६ दिनमा मात्र साहारा ग्यांस ९८५४ थान सिलिण्डर खपत भएको छ । यस हिसावले साहारा ग्यांस मात्र चैत्र महिना भरीमा ५० हजार थान खपत हुने देखिएको छ । त्यसैगरी पछिल्लो ६ दिनमा बाबा ग्यांस २००० थान सिलिण्डर, नारायणी ८९१ थान सिलिण्डर, साईबाबा ८०० थान र जानकी सिलिण्डर १७० थान खपत भइसकेको उहांले बताउनु भयो । यो खपत साविक भन्दा निक्कै बढी रहेको पनि उहांको भनाई थियो । उल्लेखित अभिलेखलेनै उपभोक्ताहरुको बढी सुरक्षित हुने चाहानाले खपत बढाएको स्पष्ट देखिएको उहाले बताउनु भयो ।
मकवानपुर अधिकृत विक्रेता व्यवासायी संघका अध्यक्ष विष्णु दाहालले डिलर तर्फ सहजरुपमा सामान प्राप्त भइरहेकोले वितरणमा समस्या नदेखिएको बताउनु भयो । सामान सहजरुपमा प्राप्त भइरहेकोले डिलरले उपभोक्तालाई यो कठिन समयमा पिडा दिनेगरी कारोबार नगर्ने प्रष्ट पानुभयो । कपडा तथा तयारी पोशाक व्यवसायी संघले कार्यक्रममै सर्वसाधारणलाई उपलब्ध गराउन ५०० थान माक्स, २ लिटर सेनिटाइजर र एक काटुन साबुन संघलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।

 

Korona Discussion with Commodity1

त्यसैगरी खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजय सागर श्रेष्ठले खाद्यान्नमा उपभोक्ताको माग बढदै गएको बताउनु भयो । तथापी जिल्लामा खाद्यान्न अभाव नभएको र करिव २ महिनालाई स्टकले धान्ने उहांले जानकारी गराउनु भयो । त्यसैगरी औषधी व्यवसायी संघका उपाध्यक्ष नारायण श्रेष्ठले औषधी अभाव नरहेको, सेनिटाइजरको लागि सामान्य अवधिभन्दा उपभोक्ताबाट माग अत्यधिक भएकोेले स्टक सकिएको र कम्पनीहरुसंग छलफल भइसकेकोले सोमबारपछि सहजरुपमा उपलब्ध गराइने उहांले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले विशिष्ट र अप्ठेरो समयमा राज्यका सवै अंगको लागि परीक्षाको घडी रहेकोले सवैले मिलेर समस्याको सामना गर्नुपर्ने बताउनु भयो । अन्तराष्ट्रिय जगत नै कोरोनाको कारण आतंकित रहेको समयमा प्रशासनमा पनि आपतकालिन यस अवस्थामा अपनाउन पर्ने उपायहरुकोबारे विभिन्न चरणमा छलफल चलिरहेको, आपूर्ति भन्दा अहिले माग बढेको विषयमा आफूहरु जानकार रहेको र सोको व्यवस्थापन गर्न जरुरी रहेको उहांले बताउनु भयो । हालसम्मको स्थिति सन्तोषजनक रहेको र संकट बढदै गए सबैपक्ष थप जिम्मेवार हुन उहांको आग्रह थियो । अनावश्यक मुल्य बढाउने, अभाव सिर्जना गर्ने, कार्टेलिङ्ग गर्ने जस्ता कार्य गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय सख्क्त कारवाही गर्न वाध्य हुने पनि उहांको भनाइ थियो ।
संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले व्यवासायीहरुले आफ्नो स्टक सहजरुपमा उपभोक्तालाई उपलब्ध गराउने, थप आपूर्तीको व्यवस्था मिलाउने र फेरीपनि आपूर्ती असहज भएमा जिल्ला प्रशासन कार्यालयको सहजिकरण आवश्यक हुने भएकोले उक्त समयमा जिल्ला प्रशासनको सहयोग रहेमा उपभोक्तालाई सहजरुपमा वितरण गर्न सकिने बताउनु भयो । संकटको घडीमा मानवीय सहयोग गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरु प्रतिवद्ध हुन पनि उहांले आग्रह गर्नुभयो । सहज आपूर्तीको व्यवस्था मिलाउन मकवानपुर उद्योग वाणिज्य संघले प्रशासन संगको छलफल र सहयोगमा संभावित आपतकालिन समयमा सहकार्य गरी अघि बढने बताउनु भयो । त्यसैगरी संघका अर्का उपाध्यक्ष रामप्रसाद न्यौपानेले त्रासदीको अवस्थामा महत्वपूर्ण छलफलमा सहभागि सबैलाई धन्यवाद व्यक्त गर्नभएको थियो ।

 

Korona Discussion with Commodity2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback