News & Events »

सवारी व्यवस्थापनका लागि छलफल । (२०७४ माघ ८)

 

                संघको आयोजनामा हेटौडा नगरमा सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसंग अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको अन्तक्र्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरका तात्कालिन प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीज्यूले कानून बमोजिम आपूm अघि बढिरहेको तर पनि कतिपय अवस्थामा व्यावहारिक पक्षलाई समेत ट्राफिक प्रहरीले ध्यान दिएको बताएका थिए । अन्तक्र्रिया कार्यक्रममा संघका अध्यक्ष कटुवालले हेउमनपासंगको सहयोगमा २०७४ फागुन १ गतेबाट फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने बताउनुहु“दै सवारी व्यवस्थापनकालागि विभिन्न सरोकारवाला निकायसंग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभएको थियो ।

                अन्तत्र्रिmया कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालज्यूले यस भन्दा अघि ट्राफिक प्रहरीसंग गरिएको सम्झौतालाई कार्यान्वयन गरेमा सवारी व्यवस्थापनमा सघाउ पुग्ने बताउनुभएको थियो । संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको सो छलफलबाट संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्व तथा नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे सहसंयोजक, सदस्यमा कृष्णराम न्यौपाने, ओम चौलागाई, विजयकुमार श्रेष्ठ, हरि खतिवडा, ट्राफिक प्रहरी समेत गरी ७ जनाको सवारी व्यवस्थापन समिति गठन गरिएको थियो भने बजारमा सवारी व्यवस्थापनकालागि पुनः छलफलपश्चात देखिएका समस्या उपर छलफल गरी अघि बढ्ने निर्णय गरिएको थियो । अन्तक्र्रिया कार्यक्रममा विभिन्न वस्तुृगत संघहरु, संघका पदाधिकारी तथा सदस्यज्यूहरु र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback