News & Events »

कर अन्तरक्रिया सम्पन्न (२०७६ मंग्सिर 5 )

TAX Program1
मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको सभाध्यक्षता र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालको प्रमुख आतिथ्यतामा एक दिवसीय कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकारले आ.व २०७६/७७ देखि कार्यान्वयनमा ल्याएको E-TDS, Connect IPS, व्च्ट्स लगायतका नयां प्रणालीहरुको बारेमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले सहजिकरण गर्नुभएको थियो । कर सप्ताह मनाउने क्रममा मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष श्री राजकुमार न्यौपाने, संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी तथा संघका कासस नरेन्द्र भण्डारी, कृष्ण ढुंगाना, प्रतिमा श्रेष्ठ, सुनिल अधिकारी, राजु अधिकारी, अध्यक्ष सल्लाहकार कृष्ण वहादुर कार्की, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकाल, ना.सु मदुसुदन पोख्रेलका साथसाथै विभिन्न वस्तुगत संघका अध्यक्ष, पधाधिकारी, सदस्य, उद्योगी/व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने, प्रमुख कर अधिकृत सन्त बहादुर ढकाल, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

Tax Program4

 

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback