News & Events »

VCTS सम्वन्धी अन्तरक्रिया (२०७६ फागुन १ गते)

VCTS program
मकवानपुर उद्योग बाणिज्य संघमा भिसिटिएस प्रणाली सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षता र राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका प्रमुख राजन कुमार बिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख शन्त बहादुर ढकाल, राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका अधिकृतद्धय गगन बहादुर शाही र बिजय कुमार बिडारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले भिसिटिएस सम्वन्धमा हेटौंडाका व्यवसायीहरुलाई सम्पूर्णरुपमा जानकारी प्रदान गरिदिन आग्रहपश्चात मन्तब्य राख्नुहुदै राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका प्रमुख राजन कुमार बिसीले भिसिटिएस र यसको फाइदाहरुको बारेमा दृष्यचित्रमार्फत प्रष्ट पार्नु हुदै सहभागि व्यवसायीहरुले राखेका विभिन्न जिज्ञासा उपर जवाफ दिनुभएको थियो । कार्यक्रममा व्यवसायीहरुलाई परेका विविध समस्याहरु बारे चर्चा गरिएको थियो । पोल्ट्री व्यवसायी नवराज घिमिरे, उद्योगी गोकर्ण सुवेदी, व्यवसायी दामोदर पाठक, महिला उद्यमी सितादेवी भेटवाल, संघका महासचिव प्रमोद सिंह रानाभाट, उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले भिसिटिएस संग सम्बन्धित समस्या तथा मन्तव्य प्रस्तुत गरेका थिए ।
उद्योगी/व्यवसायीहरुको विभिन्न समस्या तथा जिज्ञासाहरुलाई राजश्व अनुसन्धान कार्यालय, पथलैया, बाराका अधिकृत बिजय कुमार बिडारीले पनि मेटाउने प्रयास गर्नुभएको थियो । त्यसैगरी आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख शन्त बहादुर ढकालले मन्तव्य राख्नुहुदै मोबाइल एपबाटै कर बुझाउनेलगायतको सेवा प्रदान गर्नेगरी सरकारले व्यवस्था गर्न लागेकोले कर कार्यालयसम्म धाउनु पर्ने वाध्यता हटदै जाने बताउनु भयो । भिसिटिएस सम्बन्धमा फेरीपनि कुनै समस्या आए आन्तरिक राजश्व कार्यालयले आवश्यक सहजिकरण गरिदिने उहाको भनाई थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कार्यक्रमले भिसिटिएसको बारेमा धेरै हदसम्म प्रष्ट हुन सघाएको बताउनु हुदै आवश्यकक्तानुसार यस किसिमका कार्यक्रमहरु भावी दिनहरुमा पनि आयोजना गर्ने बताउनु भयो ।
कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवत्रय सन्तोष अर्याल, कार्यमणि अधिकारी र विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु कृष्ण ढुङ्गाना, कुल प्रसाद चौलागाई, प्रतिमा श्रेष्ठ लगायत बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

VCTS program1



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback