News & Events »

समस्या समाधानका लागि सहकार्य आवश्यकः थापा


    नेपाल सरकारका वाणिज्य मन्त्री सुनील थापाले उद्योगी÷व्यवसायीको समस्या समाधानका लागि मन्त्रालयस“ग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपालमा रहेका व्यावसायिक  समस्या समाधानका लागि मन्त्रालय र व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने उहांको भनाइ थियो ।
मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री थापाले समस्या समाधान दुबैतर्फबाट मात्र सम्भव रहेको जानकारी गराउनुभएको थियो । ‘नेपालीहरुले विदेशी मुलुकमा श्रम बेच्न बाध्य भइरहेको अवस्था छ, तसर्थ नेपाली लगानीका लागि उपर्युक्त स्थान र वातावरण बनाउन आवश्यक देखिन्छ,’ थापाले भन्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्य घटिरहेको अवस्थामा पनि नेपालमा ढुवानीको मूल्य घटाउन नसकिने अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । ढुवानीमा सिन्डिकेटका कारण समस्या भइरहेको समेत उहांले जानकारी गराउनु भएको थियो । व्यवसायीहरुको कर सम्बन्धी समस्याको विषयमा मन्त्रालयमा बुझ्ने र सहज वातावरणको लागि पहल गर्ने मन्त्री थापाको प्रतिवद्धता थियो ।
मन्त्री थापाकोे सम्मानमा आयोजित स्वागत तथा छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको सभापतित्व रहेको थियो । वरिष्ठ उपाध्यक्ष ढकालले स्वागत मन्तब्य दिनुहु“दै जिल्लाको विविध समस्याहरुबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमलप्रसाद घिमिरे, नेपाल पारवहन तथा गोदाम व्यवस्थापनका अध्यक्ष किशोरबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला स्तरका नेताहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष्ँ तथा प्रतिनिधिहरु, कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback