News & Events »

सभासदसंग व्यवसायिक तथा जिल्लाका समस्याको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमः


    संघका अध्यक्ष्ँ श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्व तथा माननीय सभासद श्री रामनारायण बिडारीज्यूको प्रमुख आतिथ्यतामा व्यवसायिक तथा जिल्लाका विभिन्न समस्याहरुको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संघको सभाहलमा गरियो ।
कार्यक्रमा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूले हाल रहिआएको व्यवसायिक समस्याहरुको बारेमा जानकारी गराउनुका साथै राप्ति खोलाको बढ्दो समस्यालाई समाधान गर्न साथै सुरु∙मार्गको लागि पहल आवश्यक रहेको बताउनुभएको थियो । कर सम्बन्धि समस्या थ्रेसहोल्डको समस्या निराकरण गर्न आफूहरु हरदम प्रयासरत रह“दा समेत सुनवाई नभएको कारण सभासदहरुमा यसको विषय उठान गर्न पहल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सबैले आ–आफ्नो समस्या व्यक्त गर्नु भएको थियो । फर्निचर व्यवसायिहरुको समस्या विकराल बन्दै गइरहेको काठ कटानी बन्द छ, भ्याटको त्यस्तै समस्या भएकोले व्यवसायिहरु मारमा परिरहेको कारण सभासदहरुले यसको लागि पहल गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरि अटो मोबाइल यशोसियसनका प्रतिनिधिहरुले अटो भिलेजको स्थापनको लागि पहल गरिदिनुहुन आग्रह गर्नुभएको थियो । त्यसैगरि ग्यास व्यवसायिहरुको पनि सिलिण्डर सम्बन्धि समस्या लगाएत विभिन्न समस्या समाधानको पहल गर्न आग्रह थियो । चेम्बर ल को समस्या, त्बह उबथभच को लागि सम्मान तथा सुरक्षाको व्यवस्था हुनुपर्ने जस्ता विषय उठान गरिदिनका लागि माननीय सभासदमा आग्रह थियो ।
व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्दै सभासदज्यूले समस्याहरु समाधानार्थ पहल भैरहेको जानकारी गराउनुभयो । अटो भिलेजको विषयमा प्रयास गर्ने । मकवानपुरमा पर्यटन विकासको लागि पहल गर्ने समेत विचार व्यक्त गर्नुभयो । साथै प्रतिलिपी अधिकारको विषयमा समाधानको लागि पहल गर्ने वचन बद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरि सभासदज्यूले चेम्बर ल को लागि प्रयास गर्ने, कर सम्बन्धी समस्या र त्बह उबथभच को सम्मान सुरक्षाको विषयमा ँल्ऋऋक्ष् मार्फत जा“दा सम्बोधन हुन सजिलो हुने बताउनुभयो । कृषि मन्त्रालय मार्फत एब्ऋत् को विषयमा छलफल गरेर अगाडि बढ्ने आश्वासन दिनुभएको थियो । राज्यमा एक मात्र आधिकारीक ट्रेड युनियन हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो । गृह जिल्ला भएको कारण पनि आफू पनि जिल्लाका यावत समस्याको विषयमा चिन्तित रहेको र त्यसको समाधानकोलागि हरदम लाग्ने बचन बद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा संघका सदस्य, पदाधिकारी, कार्यसमिति सदस्यहरु विभिन्न वस्तुगत संघका प्रतिनिधि लगाएतको उस्थििति रहेको थियो । कार्यक्रमलाई स–धन्यवाद सहित संघका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश ढकालज्यूले समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback