News & Events »

सकियो राष्ट्रिय औद्योगिक व्यापार मेला

मकवानपुर उद्योग वाणिज्य संघको मूख्य आयोजना तथा हेटौंडा नगरपालिका र जिल्ला विकास समितिको मूख्य आयोजनामा गत माघ ११ गतेबाट हेटौंडाको हुप्रचौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १९ गते सकिएको छ । ११ दिनसम्म चलेको मेलामा करिब १९ करोड ६० लाख रुपिया“को कारोबार भएको जनाइएको छ ।
    मेलामा करिब ४ लाख ७५ हजार दर्शकले अवलोकन गरेको मेलाका प्रवक्ता तथा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव माधव न्यौपानेले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन मात्र करिब ३ करोड रुपिया“को कारोबार भएको आयोजकले जनाएको छ । आइतबार मात्र २५ हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको उत्तरार्धमा दर्शकको भीड तथा कारोबार निकै बढेको थियो । मेलामा राखिएका विभिन्न २ सय ९२ वटा स्टलमध्ये अधिकांश व्यवसाय गर्ने स्टलहरु रहेका थिए । त्यसबाहेक सरकारी कार्यालयको स्टल र केही संघसंस्थाले सेवामुलक स्टल राखेका थिए ।
    मेलाको अन्तिम दिन नै हेटौंडा आइडलको छनोट गरिएको छ । दृष्टिविहीन विराज राई हेटौंडा आइडल हुन सफल हुनुभयो । त्यस्तै आइडलको फस्ट रनरअपमा विकास भ्लोन चयन भए भने सेकेन्ड रनरअपमा एल्सा लामा छनोट हुुनुभयो । उहा“हरुको गीत प्रस्तुती र दर्शकले दिएको भोटका आधारमा आइडल छनोट गरिएको थियो । निश्चल सुवेदी र अनिता रुम्बा अन्तिम ५ मा पर्न सफल हुनुभयो । विराज राई दर्शकको भोट ८ हजार ९ सय ३२ पाएका थिए । फस्ट रनरअप विकास भ्लोनले ५ हजार ८ सय २२ मत प्राप्त गरेका थिए । त्यस्तै सेकेन्ड रनरअप एल्सा लामाले २५ सय २३ दर्शकको भोट प्राप्त गरेका गर्नुभएको थियो ।
    अन्तिम ५ मा पर्न सफल निश्चल सुवेदी १८ सय र १७ सय ३८ भोट प्राप्त गरेका थिए । ८४ जनाले प्रतिस्पर्धामा भाग लिएकोमा मेला सुरु हुनुभन्दा अघि नै अन्तिम २० जनाको छनोट गरिसकिएको थियो । माघ ११ गतेबाट मेला सुरु भएस“गै अन्तिम २० को प्रतिस्पर्धा सुरु
गरिएको थियो । आइडल घोषणा भएकालाई म्युजिक भिडियो अर्थात फिल्ममा गाउनेसम्मको अवसर दिइने संयोजक दीपकशर्मा ढकालले जानकारी दिनुभयो । आइडललाई नगद ५० हजार रुपिया“ प्रदान गरिएको थियो । फस्ट रनरअपलाई २५ हजार र सेकेन्ड रनरअपलाई नगद १० हजार प्रदान गरिएकोे थियो । त्यस्तै चौथो र पाचौं हुनेलाई नगद ५÷५ हजार प्रदान गरिएको थियो ।
    मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष रामकृष्ण गोर्खालीको पमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, हेटौंडा नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिबाबु पुरी, संघका पूर्व अधयक्षहरु केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, जीवनकाजी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मेलामा सहयोग पुयाउने विभिन्न क्षेत्रका व्यक्तित्व, संस्थालाई समापन कार्यक्रममा सम्मान तथा मायाको चिनो पदान गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback