News & Events »

संसदीय समितिसंग समसामयिक विषयमा छलफल कार्यक्रमः


    शिवम सिमेन्टको खानी उत्खननका कारण सामाजिक रुपमा परिरहेको असरको मूल्यांकन तथा उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षणका लागि सुझाव संकलन गर्न मकवानपुर आउनुभएका संसदीय समितिको टोलीसंग मकवानपुर उद्योग वाणिज्य संघले छलफल कार्यक्रमको आयोजना गरेको छ ।
सुझाव संकलनका लागि आउनुभएका संसदीय टोलीका प्रमुख सभासद सुभाषचन्द्र ठकुरीले उद्योग, वाणिज्यसंग सम्बन्धित सुझावहरु संकलनका लागि उद्योग वाणिज्य संघसंग छलफल गरिएको बताउनुभयो । मकवानपुरको समस्याहरुको विषयमा जानकारी गराउनुहु“दै संघका अध्यक्ष भुवनलाल श्रेष्ठले बढ्दै गरेको राप्ती खोलाको सतह घटाउनुपर्नेमा विशेष जोड दिनुभयो । समयमा संविधान बन्नुपर्ने र नेपाल सरकारको वर्तमान श्रम, कर र उद्योग नीति अविलम्ब संशोधन गर्नुपर्नेमा पनि अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । सरकारले चुरे क्षेत्रको अव्यवहारिक मापदण्ड तोकेकोमा पुरानै व्यवस्था लागू गर्ने विषयमा समितिलाई सहयोग गर्न आग्रह गर्नुभयो । संघले मकवानपुरको उद्योगी व्यवसायीहरुको हक हितको लागि मात्र नभई सामाजिक कार्यमा पनि आप्mनो बलियो उपस्थिति जनाउ“दै आएको बताउनुहु“दै अध्यक्ष श्रेष्ठले नगर क्षेत्रमा सिसिटिभी स्थापना, हेटौंडा अस्पतालको स्तरीकरण, खानेपानीको सुदृढिकरण, बारुणयन्त्रको संचालनका लागि संघले गरेको सहयोगको विषयमा चर्चा गर्नुभएको थियो । जिल्लाका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिदिन अध्यक्ष श्रेष्ठले सभासदद्वयलाई आग्रह गर्नुभएको थियो ।
    छलफलको क्रममा बोल्नुहु“दै मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्दप्रसाद रिजालले बढ्दै गरेको मनहरी खोलाको सतहलाई समयमै घटाई दुर्घटना हुन नदिनेतर्पm सचेत हुन आग्रह गर्नुभयो । क्रशर तथा खानी व्यवसायी संघका सचिव सीताराम न्यौपानेले सरकारले अनुमति दिएर संचालन गरिएको क्रशर उद्योगको निर्वाध संचालनमा परिरहेको विविध कठिनाईहरुको विषयमा सभासदद्वयलाई जानकारी गराउनुभयो ।
    छलफलमा बोल्नुह“ुदै सभासद भक्तिप्रसाद पाण्डेले राजनैतिक अस्थिरताका कारण देश पछाडि धकेलिंदै गएको बताउनुभयो । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ताको हितका लागि गर्न सकिने सुझावहरुको संकलनमा मकवानपुर उद्योग वाणिज्य संघबाट आएको सुझावहरु मनन् गरिने पाण्डेले बताउनुभयो । सभासद सुभाषचन्द्र ठकुरीले वर्तमान अवस्थामा ढुंगा गिट्टी उत्खनन् हुन नसक्दा परेको समस्याको उचित सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । उद्योगमैत्री वातावरण बनाउन, उचित आपूर्तिको व्यवस्था मिलाउन र उपभोक्ताको हितको लागि संसदीय समितिले आवश्यक कार्य अघि बढाउने पनि ठकुरीले बताउनुभयो ।
    संघका महासचिव माधव न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा संसदीय समितिका सदस्यहरु, संघका कार्यसमिति सदस्यहरु, व्यवसायीहरु र विभिन्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback