News & Events »

संघले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुखद्वयको विदाई तथा स्वागत गरेको छ । २०७५/१०/६

मकवानपुर उद्योग वाणिज्य संघले जिल्लामा आउनु हुने नवआगन्तुक प्रमुखज्यूहरुको स्वागत तथा विदाई गर्ने परम्परा अनुसार आज मिति २०७५ साल माघ ६ गते हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका नव आगन्तुक प्रमुख श्री राजेन्द्र कडेलज्यूको स्वागत तथा भरखरै सरुवा भई जान लाग्नु भएका नेपाल भूषण वैद्यज्यूको विदाई कार्यक्रम एक साथ सम्पन्न गरेको छ ।
संघका अध्यक्ष श्री कृष्ण कटुवालले एकै साथ स्वागत तथा विदाई गर्नु हुदै कार्यक्रममा संघ र हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय विच हाम्रो सम्वन्ध सधै समुधुर रहेको र आगामी दिनमा समेत रहने व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नव आगन्तुक कडेलले संघको कार्यक्रम गर्ने परम्परा प्रति खुसि व्यक्त गर्नु भएको छ । उद्योग विना विकास सम्भव नरहेको विकसित देशहरुमा प्रष्टै हुन्छ । आपसी सहयोगको लागि सस्थागत व्यक्तिगत साथ रहने वताउनु भएको छ ।
विदाई हुदै जानेक्रममा प्रमुख श्री नेपाल भुषण वैद्यले आफनो २ वर्ष ५ महिनाको कार्यकाल पूरा गरेको सोही समयमा उद्योगको समस्या समाधान गर्न संघ विच संयूक्त पहल गरको व्यक्त गर्नु भएको थियो । संघको वर्तमान कार्यसमितिको कार्यकालको समृद्धिको अपेक्षा समेत दिनु भएको थियो ।

संघमा महासचिव श्री प्रमोदसिंह रानाभाटज्युले सञ्चालन गर्नु भएकोकार्यक्रममा संघका कोषाध्यक्ष श्री अनिल अग्रवाल,सचिवद्वय श्री सन्तोष अर्याल तथा श्री विष्ण गोपाल महर्जन, सह कोषाध्यक्ष श्री राधिका सामरी पाण्डे , कासस माधव ज्ञवाली, वाल कुमार मल्ल, कृष्ण प्रसाद ढुंगाना, भुपेन्द्र अधिकारी, निलम बैद्य, दिवस पराजुली, नरेन्द्र भण्डारी, कुल प्रसाद चौलागाई, राजाराम कार्की रहनु भएको थियो । कार्यक्रममा संघको तर्फवाट विदाई हुनुभएका वैद्यलाई मायाको चिनो तथा नव आगन्तुक कडेलज्यूलाई खादा लगाएर विदाई तथा स्वागत गर्नु भएको थियो । अन्तमा संघका उपाध्यक्ष श्री गणेश भेटवालज्यूले औद्योगिक क्षेत्रमा उद्योग मैत्रि वातावरण नभएकोले वनाउनु पर्नेमा जोड दिनु् पर्ने वताउनु भएको थियो । यसको लागि संघ र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय विच अझ प्रगाढ सम्वन्ध राख्ने समेत उहाले वताउनु हुदै कार्यक्रम समापन गर्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback