News & Events »

प्रहरी उपरीक्षकज्यूको स्वागत तथा छलफल कार्यक्रम । (२०७५ आषाढ १०)

                जिल्ला प्रहरी कार्यालय, मकवानपुरका नवआगन्तुक प्रहरी उपरीक्षक बुद्धिराज गुरु·ज्यूको सम्मानमा संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको सभाध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रमका अध्यक्ष कटुवालले जिल्लाको समसामयिक विषयबस्तुको बारेमा ध्याकर्षण गराउनुहु“दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । छलफल कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार उत्तमशर्मा ढकालज्यूले बजारको यातायात चाप तथा सुरक्षा र होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माज्यूले होटल व्यवसायमा परेको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

                प्रहरी उपरिक्षक गुरुङले शान्ति कायम गर्नु सबैकोे कर्तव्य भएको र समाजलाई शान्ति सुरक्षा दिन प्रहरी प्रशासन निरन्तर लागि परेकोे र लागि रहने कुरामा जोड दिनुभएको थियो । संघले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुहुदै उहा“ले संघसंग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको थियो । आपराधिक घटनाहरुको जडमध्ये एक मादक पदार्थ सेवन पनि भएकोले यसको नियन्त्रण भन्दापनि सहि व्यवस्थापन गर्नु पर्नेमा उहा“को जोड रहेको थियो ।

                संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तब्य राख्नु हुदै वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले फुटपाथ नियन्त्रण र सिसिटिभि मर्मत तथा विस्तारकालागि आवश्यक सहयोग जुटाउन प्रहरी उपरिक्षकज्यूको भूमिका रहनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback