News & Events »

ललितपुर उवासंघ टोली हेटौंडामा (मिति २०७६ पौष ३)

Lalitpur CCI visit team

ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोली अध्ययन अवलोकनको क्रममा बिहीबार हेटौंडा आएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेलगायतका संघका पदाधिकारी तथा सदस्यहरुले ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई हेटौंडामा स्वागत गरेका छन । मकवानपुर उद्योग वाणिज्य संघको सभाकक्षमा भ्रमण टोलीलाई स्वागत गर्दै आपसी अनुभव आदानप्रदानको लागि छलफल कार्यक्रम गरिएको थियो । 

विभिन्न जिल्लाहरुको अध्ययन अवलोकन गर्ने क्रममा भ्रमणको पहिलो दिन हेटौंडा आएको टोली बीरगंज, बारा, रौतहट, जनकपुर, सिन्धुली र काभ्रे जिल्ला भ्रमण गर्ने बताइएको छ । कार्यक्रममा कार्यवाहक अध्यक्ष न्यौपानेले मकवानपुर जिल्लाको बस्तुस्थिति र संघको गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रमा विद्यमान समस्या तथा समाधानका सम्भावनाको बारेमा पनि छलफल भएको छ ।
ललितपुर उवासंघका उपाध्यक्ष श्रेष्ठ, मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, काव्यमणि अधिकारीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

Lalitpur CCI visit team2
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, सचिव विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, राजाराम कार्की, दिवश पराजुली, नरेन्द्र भण्डारी, श्रीकृष्ण कर्माचार्य, कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष नारायण सिंह थिङ, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष चक्रधर विडारीलगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी ललितपुरका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Lalitpur CCI visit team1



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback