News & Events »

चुरेहिल हस्पिटल र संघ बीच सम्झौता: उपचारमा छुट हुने (2076 पौष 11)

ChureHill1

मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल हस्पिटल बीच संघका सदस्य तथा परिवारलाई औषधी तथा उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त सहुलियत घोषणा गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभाअध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चुरेहिल हस्पिटलका अध्यक्ष गोकर्ण पराजुली, संघका महासचिव प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कृष्ण ढुंगाना, कुलप्रसाद चौलागाई, त्यसैगरी हस्पिटलका संचालक नारायण लाल श्रेष्ठ, प्रशासन प्रमुख विवेक मानन्धर र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

हस्पिटलका अध्यक्ष पराजुलीले सदस्य स्वयमको हकमा संघमा आवद्ध रही नविकरण गरेको प्रमाणित परिचयपत्र र सदस्यका परिवारका सदस्यहरुको हकमा उक्त परिचयपत्रको साथमा नाता प्रमाणित हुने सरकारी कार्यालयले उपलब्ध गराएको प्रमाण पेश गर्नुपर्ने सम्मेलनमा स्पष्ट पार्नुभएको छ । त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले मकवानपुर जिल्लाको स्वास्थ्य उपचारको क्षेत्रमा थप प्रगति आवश्यक रहेको औल्याउदै चुरेहिल हस्पिटलबाट उपलब्ध हुने छुट सुविधाले उद्योगी/व्यवसायीहरुलाई राहत पुग्ने बताएका छन् ।

 

ChureHill2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback