News & Events »

महिला उद्यमीको तीज विशेष कार्यक्रम सम्पन्न (२०७६ भाद्र १०)

Teej 2076

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा यस वर्षको नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम मंगलबार सम्पन्न भएको छ । महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यको सभापतित्व तथा सांसद मुनु सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सांसद मुनु सिग्देलबाट सबैले समानरुपमा पर्व मनाउन सकून भन्ने धारणा राख्नुहुदै हेटौंडा–२, चौकीटोलको विपन्न परिवारकी एक सदस्यलाई शौभाग्य सामान, साडी र संघको कार्यसमितिहरुबाट संकलित नगद हस्तारन्तरण गर्दै पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उदघाट्न गरिएको थियो । तीज कार्यक्रमलाई भव्य बनाउने भन्दा पनि संस्कृति जोगाउन, पारिवारिक मिलन सुनिश्चित गर्न, दिदीभाई तथा आफन्तजनसंग मिली खुसियालीकासाथ मनाउने पर्वकोरुपमा तीज रहेको सांसद सिग्देलले बताउनु भयो । ती विपन्न परिवारकी सदस्यलाई सहयोग गरेको प्रसंग औल्याउदै सबैलाई आफू जस्तै किसिमबाट मनाउन सक्ने र विकृतिलाई हटाउदै मनाउने तर्फ यो कार्यक्रमले एकजनाबाट भएपनि सुरुवात गरेको धारणा व्यक्त गर्नुभयो । सुखी नेपाली समृद्ध नेपाल बनाउन सबैले सीप अनुसार काम गर्नुपर्ने बताउदै संघको महिला उद्यमी समितिलगायत उद्योगी/व्यवसायीहरुलाई काम गर्ने वातावरण, बजारको व्यवस्था, सहुलियत कर्जा, उद्योग सञ्चालनमा कानूनी सहजताकोलागि आफ्नो सहयोग रहने सांसद सिग्देलले बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति, मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका कार्यालयका उपप्रमुख मिना लामा, संघका अध्यक्ष कृष्ण कटुवाललगायत समितिका पूर्वसभापति निरा गोर्खाली, मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डे, समितिकी सहकोषाध्यक्ष गायत्री श्रेष्ठलगायतले शुभकामना सहित आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, महिला उद्यमी विकास समितिका पूर्वसभापतिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समितिका पदाधिकारी तथा सदस्यहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारद्धारा यस वर्षको महिला उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएकी हेटौंडा–४ स्थित कालिका होजियारीकी संचालक तथा लामो समयदेखि सिलाई व्यवसायमा आवद्ध महिला उद्यमी कमला श्रेष्ठलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमकै बीचमा नृत्य प्रस्तुत गर्नेहरु मध्येबाट समितिकी कोषाध्यक्ष अंकिता सुमार्गीलाई सर्बोत्कृष्ट छनौट गरी मकवानपुर महिला उद्यमी व्यवसायी संघको तर्फबाट पुरस्कृत गरिएको थियोे । कार्यक्रमका सबै अतिथिहरुलाई सौभाग्य सामग्री वितरण गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback