News & Events »

संघको बर्तमान कार्यसमितिको ३ (तीन) वर्षीय कार्यकालको समिक्षा (२०७७ चैत्र ६)

मकवानपुर उद्योग वाणिज्य संघले २०७७ चैत्र ६ गते आयोजना गरेको प्रेस मिटमा संघका अध्यक्ष श्री कृष्ण कटुवालद्धारा प्रस्तुत

मकवानपुर उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको ३ (तीन) वर्षीय कार्यकालको समिक्षात्मक तथा विभिन्न कार्य सम्पादन मध्येको संक्षिप्त विवरणः

२०७४ साल
 तत्कालीन ३ नं. प्रदेश राजधानी हेटौंडामा हुनुपर्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक ।
 प्रदेश सभा गठनपश्चात देखिएका समसामयिक विषयमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दललगायत निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुकाबीच छलफल कार्यक्रम ।
 २५ मिटर सडकको विषयमा माननीय भौतिक पूर्वाधार विकास मन्त्री श्री केशव स्थापितज्यू संग छलफल कार्यक्रम ।
 उद्योग वाणिज्य दिवसको अवसरमा ग्रामीण जीवनस्तर सुधार मञ्चमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न वितरण कार्यक्रम ।


२०७५ साल
 पल्पसा सभागृहमा अतिथि गृहको भूमि पुजन कार्यक्रम ।
 ३ नं. प्रदेशका माननीय सांसदहरुलाई हेटौंडाका विभिन्न महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण ।
 २०७५ श्रावण २० देखि २९ गतेसम्म कार्यसमितिका पदाधिकारी, सदस्यलगायत ३४ सदस्यीय व्यवसायीहरुको पर्यटकीय अध्ययन अवलोकन भ्रमण टोली १० दिने जोर्डन र इजिप्टको पर्यटकीय अध्ययन अवलोकन भ्रमण गरेका थिए । उक्त अवसरमा जोर्डनका पुरातात्विक शहर पेट्रा, मृत सागर र ईजिप्टका कायरो, नाईल नदि, शताब्दिऔं पुराना पिरामिडहरुको अवलोकन ।
 मिस नेपाल श्रृङ्खला खतिवडाको स्वागत तथा वन होम फाउण्डेशनद्धारा भार्तामा निर्माण गरिने स्वास्थ्य चौकी निर्माण सहयोगार्थ रु. एकलाखको चेक हस्तान्तरण कार्यक्रम ।
 नगर प्रमुख हरिबहादुर महतज्यूबाट पल्पसा अतिथि गृहको शिलान्यास ।
 नेपालकालागि बेलायती राजदुत महामहिम रिचर्ड मोरिसज्यूको स्वागत तथा छलफल ।
 नगर प्रमुख हरिबहादुर महतज्यूबाट कोरियन भाषा तालिम उद्घाटन ।
 राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ को माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यूबाट उद्घाटन गरी २९ गते समापन ।
 बारा पर्साका हावाहुरी पीडितलाई संघले आफ्नो र विभिन्न व्यक्ति, उद्योग, वस्तुगत संघसंस्थाहरुबाट प्राप्त नगद तथा जिन्सी सामानहरु गरी रु. १८ लाख ५० हजार बराबरको राहत सामग्री वितरण ।


२०७६ सालमा
 अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा दक्षिण कोरियाको भ्रमण ।
 प्रदेश ३ को वस्तु तथा सेवा व्यापार सम्बन्धी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंग सहकार्य गरी अन्तरक्रिया ।
 बेलारुषका राजदुत ऐन्द्रेइ रेयुस्कीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम ।
 प्रदेश ३ स्तरीय मानव अधिकार विषयक एक दिवशीय कार्यशाला गोष्ठी ।
 ३ नं. प्रदेशको राजधानी हेटौंडा स्थायीरुपमा तोकिएको उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम ।
 दक्षिण कोरियाली बहुर्राष्ट्रिय कम्पनी हारिम पोल्ट्री फार्मका भाइस प्रेसिडेन्ट Jung Moon Song र NRN कोरियाका अध्यक्ष यज्ञराज सुवेदीको नेतृत्वमा आएको टोली संग पोल्ट्री सम्बन्धमा छलफल ।
 २०७६ मंसिर २ गतेबाट ६ गतेसम्म सुदुरपश्चिम अध्ययन अवलोकन भ्रमण ।
 सामाजिक सुरक्षा कोष सम्बन्धमा कोषसंग सहकार्य गरी अन्तरक्रिया ।
 भुकम्पपश्चातको पुर्ननिर्माणमा निजीक्षेत्रको भूमिका विषयक अन्तरक्रिया ।
 राजश्व कार्यालय, पथलैयासंग सहकार्य गरी VCTS सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।
 कोराना भाइरसबाट बच्न पाच हजार भन्दा बढी माक्स निःशुल्क हेटौंडा अस्पताल र हेटौंडाका विभिन्न स्वास्थ्य चौकीमा वितरण ।
 संघको भवनको दक्षिणतर्फ सडकछेउमा हातधुने ठाउ बनाई सञ्चालनमा ल्याइएको ।


२०७७ सालमा
 बैंकर्सहरुसंग कोराना अवधिको बैंक व्याज किस्ता तिर्नको लागि दवाब नदिन छलफल कार्यक्रम ।
 लकडाउनको अवधिमा ११४३ जना अलपत्र यात्रुहरुलाई विभिन्न निकायसंग सहकार्य गरी गन्तव्यसम्म पु¥याइएको ।
 कोरोना महामारीले लकडाउनको बेला हेटौंडामा रोकिएका जुम्लाका नागरिकलाई नारायणी यातायात व्यवसायी कम्पनी प्रा. लि. र पुरानो नारायणी यातायात व्यवसायी संघको सहकार्यमा सुमो सेवा मार्फत घर फिर्ताको लागि सहजिकरण गरिएको ।
 जिल्ला ट्राफिक कार्यालय मकवानपुरलाई एन ९५ माक्स र चश्मा नि:शुल्क वितरण गरिएको ।
 कोराना कहरकाबीच समस्यामा रहेका व्यवसायीहरुकोलागि मौद्रिक नीति मार्फत सुविधा दिन जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको ।
 कोभिड १९ विरुद्ध व्यवसायिक तयारी सम्बन्धी अन्तरक्रिया ।
 २०७७ कार्तिक १ गतेदेखि ६ गतेसम्म कोरोना प्रभावित विपन्न ५०० भन्दा बढी परिवारको लागि कुल रु. २,५८,२९५।– बराबरको दशैं राहत सामग्री वितरण कार्यक्रम गरिएको ।
 जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी २ दिने तालिम महिला उद्यमी विकास समितिको आयोजनामा सम्पन्न ।
 महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम ।
 बागमती प्रदेश स्तरीय श्रम बजार सचिवालय परियोजनाको घोषणा कार्यक्रम
 आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम ।


संस्थागत तर्फः
नेपाल उद्योग वाणिज्य महासंघमा पनि संघको प्रतिनिधित्व स्थापित गर्न बर्तमान कार्यसमिति सफल रह्यो । फलस्वरुप बागमती प्रदेश सदस्यमा संघका पूर्व अध्यक्ष जीवनकाजि माकजू श्रेष्ठ निर्वाचित हुनुभयो भने आमन्त्रित सदस्यमा पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल मनोनित हुनुभयो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको निमन्त्रणामा त्यहांका कार्यक्रम तथा बैठकहरुमा सहभागि भई आफ्नो रायसल्लाहहरु दियौं । त्यसैगरी बर्तमान कार्यसमितिबीच बैमनस्यता आउन नदिई संस्थागतरुपमा एकमनाले कार्यकाल निभायौं । त्यसैले हाम्रो कार्यकाल सफल रह्यो भन्ने निश्कर्षमा हामी छौं ।

नीतिगत तर्फः
संस्था संचालनको लागि बिधानमा समसामयिक संशोधनहरु ग¥यौं । पल्पसा सदन संचालक समितिको छुट्टै व्यवस्था ग¥यौं । आर्थिक, क्षेत्रगत र कर्मचारी नियमावलीहरुमा आवश्यक संशोधन ग¥यौं । विभिन्न समितिहरु निर्माण गरी निर्धारित कार्य गर्न प्रेरित गर्दै उक्त कार्य प्रति अपनत्वको भावना विकास गर्ने तर्फ प्रयत्न ग¥यौं । निर्णय गर्नुपर्ने विषयहरुमा सर्बसम्मत निर्णय गरी अघि बढ्न सक्यौं । त्यसैले हाम्रो कार्यकाल सफल रह्यो भन्ने निश्कर्षमा हामी छौं ।

भौतिक तर्फः
संघको कार्यालय रहेको भवन र पल्पसा सभागृह थिदै थियो । तर संघले आफ्नो आयश्रोत बढाउनुपर्ने आवश्यक्ता महशुस गरी गेष्ट हाउसकोरुपमा पल्पसा परिसरमा पल्पसा सदन निर्माण गरेका छौं । यसको आम्दानीले संघको कामकारवाहीहरु थप व्यवस्थित गर्न र जिल्लाको आर्थिक तथा सामाजिक विकासका गतिविधिहरुमा मद्दत गर्न सक्षम हुने हामीले विश्वास लिएका छौं । सरकारी तथा गैरसरकारी निकाय तथा व्यक्तिगतरुपमा पनि उक्त पल्पसा सदन निर्माणको लागि सहयोग प्राप्त भएको थियो । दाताहरु सबैलाई हामी हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छौं । यसरी संघको दिगो आम्दानीको सुनिश्चितताको लागि हामीले ५ तले पल्पसा सदन निर्माण गर्नसक्यौ । त्यसैले हाम्रो कार्यकाल सफल रह्यो भन्ने निश्कर्षमा हामी छौं ।

यसरी हामीले संघमार्फत बिना पारिश्रमिक र भत्ता, समाजसेवाको भावनाले आफ्ना गतिविधिहरु केन्द्रीत गर्ने प्रयत्न ग¥यौं । उद्योगी/व्यवसायीहरुको हितमा हुनेगरी र संघको कामकारवाहीहरु जिम्मेवार र सामाजिक हिसाबले प्रभावशील रहुन भन्नेमा चिन्तन गरिरह्यौं । समग्रमा हाम्रो कामले जिल्लाको सर्बाङ्गिण विकास होस् भन्ने नै हाम्रो उद्देश्य हो ।

हाम्रो कार्यकालमा सकारात्मकरुपमा प्राप्त सहयोगहरुकोलागि हामी सबैसंग कृतज्ञ छौं ।
सबैलाई हार्दिक धन्यवाद । सबैको जय होस् ।

Press Meet



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback