News & Events »

संघको टोलीलाई उवासंघ चितवनद्धारा स्वागत (२०७८ पौष १७)

Welcome by CCI Chitwan
मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको योजना कार्यशाला गोष्ठी सम्पन्न गरी नवलपरासीबाट हेटौंडा फर्कने क्रममा उवासंघ चितवनले संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा रहेको कार्यसमिति टिमलाई चितवनमा एक कार्यक्रम गरी स्वागत गरेको छ ।

Welcome by CCI Chitwan1

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले मउवासंघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापनसहित स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष भोजराज कौडेलको पनि सहभागिता रहेको थियो ।

Welcome by CCI Chitwan2

स्वागत मन्तव्य राख्नु हुदै उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको आम्दानीको मुख्य श्रोत मेला, घरभाडा, सदस्यता शुल्क र महानगरपालिकाबाट प्राप्त हुने व्यवसाय कर रहेको बताउनु भएको थियो । साथै यहि पौष २५ गतेदेखि माघ ४ गतेसम्म चितवनमा मेला आयोजना गरिएकोले अवलोकनको लागि आमन्त्रणसमेत गर्नुभएको थियो । सोही क्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback