News & Events »

नयां प्रहरी उपरीक्षकको स्वागत (२०७६ पौष १६)

Welcome to SP Sir

जिल्ला प्रहरी कार्यालय मकवानपुरका नव आगन्तुक प्रमुख सुशिल सिंह राठौरको एक कार्यक्रम आयोजना गरी मकवानपुर उद्योग वाणिज्य संघले बुधबार हेटौंडामा स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्युको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, संघका उपाध्यक्षहरु कृष्ण कुमार गुप्ता, गणेश भेटुवाल, राम प्रसाद न्यौपाने, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरि विष्णु ढकाल, प्रहरी नायव निरीक्षक मनोज कुमार यादवलगायत संघका महासचिव प्रमोद सिंह रानाभाटसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्युहरुको उपस्थिति रहेको थियो । अध्यक्ष कटुवालले संघको सुरक्षा र ट्राफिक व्यवस्थापनको सन्दर्भमा संघको तर्फबाट विचार राख्नु भएको थियो । त्यसैगरी संघको तर्फबाट सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले मन्तव्य राखेका थिए ।
प्रहरी उपरीक्षक राठौरले सवैको सल्लाह, सुझाव र सहयोगमा सुरक्षा व्यवस्था चुस्त गर्न सकिने विचार राख्नुहुदै सबैको सहयोगको अपेक्षा रहेको बताउनु भयो । साथै प्रहरीको तर्फबाट सुरक्षाको लागि आवश्यक पर्ने व्यवस्था गर्न आफू तयार रहेको बताउनु भयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback