News & Events »

संघको कार्यशाला गोष्ठी सम्पन्न । (२०७४ माघ २१)

                संघले आफ्नो त्रिबर्षीय विस्तृत योजनासहितको २ दिने गोष्ठी सम्पन्न गरेको छ । । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षता तथा पूर्वअध्यक्ष भूवनलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो गोष्ठीमा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरिएको थियो । माघ १९ र २० गते आयोजना भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका तात्कालिन अध्यक्ष आनन्दराम पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दाहाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । संघको कार्यशाला गोष्ठी प्रत्येक तीन बर्षमा हु“दै आएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback