News & Events »

संघको अगुवाईमा भएको आन्दोलनबाट पछि हट्यो डिभिजन सडक २५ मिटरको लगत कट्टा हाललाई स्थगित


    २५ मिटर सडक सीमा फराकिलो पार्न जनताको नाममा रहेको सम्पत्ति आफ्नो नाममा ल्याउन पत्राचार गरेको डिभिजन सडक कार्यालय पीडितहरुको आन्दोलनले पछि हटेको  छ । संघको अगुवाईमा पीडितहरुको वृहत भेलापछि भएको डिभिजन सडक घेराउपछि डिभिजन सडक कार्यालय हेटौंडाले उक्त समस्याको विषयमा अध्ययन गर्न शिव नेपालको संयोजकत्वमा कार्यदल गठन भएकाले सो कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेश गरेपछि मात्रै पीडितसंगको समन्वयमा काम अगाडि बढाउने भन्दै आफैंले लेखेको पत्र तत्काल कार्यान्वयन नगर्न मालपोत र नापी कार्यालयलाई पत्राचार गरेको हो ।
हेटौंडा–१७ रातोमाटेदेखि चौकीटोल र राप्तीपुलदेखि बुद्धचोकसम्मको सडकको दायाँबायाँ २५÷२५ मिटर क्षेत्र घरजग्गा पर्ने पीडितहरुको आन्दोलनपछि डिभिजन सडक कार्यालयले हाललाई आफ्नो निर्णय फिर्ता लिएको हो । डिभिजन सडक कार्यालयले लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको यस विषयमा २०७१ चैत १० गते मालपोत कार्यालय मकवानपुर र नापी कार्यालय मकवानपुरलाई पत्र लेखी सडक सीमा २५÷२५ मिटरभित्र पर्ने जग्गाको लगत कट्टा गर्न भनेको थियो । उक्त पत्रका आधारमा मालपोत, नापी र हेटौंडा उपमहानगरपालिकाले जग्गाको बिक्री, अंशवण्डालगायत काम नै रोकेपछि संघको नेतृत्वमा आन्दोलन भएको हो ।
पीडितको धर्नापछि कार्यालयले मालपोत र नापी कार्यालयलाई पत्र लेखी उक्त चैत १० गतेको पत्रलाई सो खण्डको लागि लगत कट्टा गर्ने कार्य हाललाई स्थगित गर्न भनेको हो । ‘यस खण्डको विषयमा विवाद आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट शिव नेपालको अध्यक्षतामा कार्यदल भइसकेको हुँदा उक्त कार्यदलले सरोकारवालासंग समन्वय गरी प्रतिवेदन बुझाई नेपाल सरकारबाट अर्को निर्णय नआउञ्जेलसम्म लगत कट्टा गर्ने कार्य हाललाई स्थगित गरिएको व्यहोरा अनुरोध छ’, निमित्त डिभिजन प्रमुखद्वारा लेखिएको पत्रमा उल्लेख छ ।
    २५ मिटर समस्याको विषयमा मउवा संघका अध्यक्ष राजकुमार न्यौपानेले असार २३ गते पत्र लेख्दै मानव वस्ती, पुरानो शहरको संरचना र व्यक्तिको स्वामित्वमा रहेको जग्गा कानूनबमोजिम अधिग्रहण नगरी व्यक्तिको सम्पती माथिको मौलिक हकको घर जग्गा नियम विपरित (नियमको पूर्ण कार्यान्वयन नगरी) आफ्नो नाममा लालपुर्जा उपलब्ध गराउन खोज्नु हामी यस क्षेत्रका बासिन्दा माथि ठूलो अन्याय हुने हु“दा नियमानुसार जग्गाको मुअब्जा, घरको क्षतीपुर्ती र व्यवसाय गरिबसेका व्यवसायीको व्यवस्थापनसमेत गरी सडक कार्यालयलाई आवश्यक जग्गा लिनुहुन अनुरोध गरेका थिए । तर, संघको पत्रलाई बेवास्ता गरेर एकतर्फी ढंगले व्यक्तिको जग्गा हडप्न थालेपछि पीडितहरु आक्रोशित भएका थिए ।  डिभिजन सडक कार्यालयको उक्त पत्रपछि पीडितहरुले आन्दोलन हाललाई स्थगित गरेका छन् ।
    धर्ना कार्यक्रममा संघ अध्यक्ष राजकुमार न्यौपाने, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्वअध्यक्ष तथा हेटौंडा बस्ती संरक्षण मूल समिति अध्यक्ष उत्तम शर्मा ढकाललगायत कार्यसमितिका पदाधिकारी, सदस्य तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो ।
फोटो पनि राख्ने



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback