News & Events »

संक्रमण मुक्त हुनुभएकालाई स्वास्थ्य परामर्शसहित विदाई (२०७८ आषाढ १४)

COVID Help Desk3.14
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट सोमबार ५ जनालाई बिदाई गरिएको छ । आइसोलेशनमा बस्नुपर्ने पूरा अवधि बिताई उहांहरु घर फर्कनु भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्याय, जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरे र डाक्टर ओजस्वी पोखरेलले उहांहरुलाई स्वास्थ्य परामर्श दिनुहुंदै विदाई गर्नुभएको थियो । विदाई कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्य सरोज खनाल, मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो । साथै सोमबार नयां संक्रमित तीनजना भर्ना हुनुभएको छ ।

कोेभिड हेल्प डेस्क मकवानपुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयबाट कोभिड संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिने उद्देश्यले फोन सम्पर्क गरिएको छ । सोमबार ३० जनालाई फोन सम्पर्क गरिएको हो । उहांहरु मध्ये एकजना पल्पसा आइसोलेशनमा भर्ना हुन आएनु भएको छ भने बाकी २९ जना घरमै रहेको जानकारी गराउनु भएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । सोमबार संघका महासचिव प्रमोद सिंह रानाभाटको संयोजन रहेको थियो ।

COVID Help Desk3.14 (1)

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback