News & Events »

संक्रमण मुक्त भएपछि खुशी हुदै घर फर्किए (२०७८ आषाढ ४)

COVID Help Desk3.04
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार बेलुकासम्ममा १८ जना संक्रमित उपचाररत हुनुहुन्छ । शुक्रबार आइसोलेशनबाट दुईजना घर फर्किनु भएको छ । घर फर्किने क्रममा आइसोलेशनको सेवाप्रति खुशी व्यक्त गर्दै स्वास्थ्यकर्मीहरुलाई उपहारसमेत प्रदान गर्नुभएको थियो । साथै तीनजना संक्रमित नयां भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शुक्रबार २५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये २३ जना संक्रमितहरु घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।
हेल्प डेस्कबाट शुक्रबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–४ निवासी बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।
कोभिड हेल्प डेस्क मकवानपुरलाई नेपाल अटो ईरिक्सा व्यवसायी संघले शुक्रबार आर्थिक सहयोग गरेको छ । नेपाल अटो ईरिक्सा व्यवसायी संघका अध्यक्ष भीम गौतमले कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवाललाई रु. ५१,०००।– नगद हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल, बासु खतिवडा, खेमराज सापकोटा, मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने उपाध्यक्ष गणेश प्रसाद भेटुवाल, कार्यसमिति सदस्यहरु दिपक उप्रेती, रवि कडेल शर्मा, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो ।
हेल्प डेस्कलाई शुक्रबार शिक्षा तालिम तथा सामुदायिक सेवा–नेपालले विभिन्न मेडिकल सामानहरु सहयोग गरेको छ । सहयोग सामग्रीहरु पिपिई डे«स २० थान, सेनिटाइजर १० लिटर, सर्जिकल ग्लोब्स १०० जोडी, मेडिकल माक्स २० प्याकेट, भिटियम २० पिस, अक्सिमिटर दुई थान, हस्पिटल ट्रे सेट दुई थान र थर्मल गन एकथान रहेको थियो । शिक्षा तालिम तथा सामुदायिक सेवा–नेपालका प्रतिनिधि जगदिश अधिकारीले पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलाई उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनालले सहयोगको लागि धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षा तालिम तथा सामुदायिक सेवा–नेपालका प्रतिनिधि डिकम्बर रुपाचा, हेल्प डेस्कका सदस्य भीम गौतम, मउवासंघका सचिव सन्तोष अर्याल, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी मेचिमहाकाली बुहारी संयुक्त आवाजले पल्पसा आइसोलेशनलाई शुक्रबार सहयोग गरेका छन् । आवाजले पल्पसा आइसोलेशनको लागि दुध १५ लिटर, अनार ३ किलो, स्याऊ ३ किलो, केरा ५ दर्जन, विस्कुट ४० थान, जुस २ काटुन र आप सहयोग गर्नुभको हो । आवाजका संयोजक कविता थापा खरेलले हेल्प डेस्कका सदस्य सरोज खनाललाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा आवाजका सहसंयोजक मञ्जु फुयाल सापकोटा, सचिव अनुपा दहाल, सदस्यहरु सरु रिमाल, पुष्पा जोशी, रिना पोखरेल, सुनिता मैनाली, ईन्दिरा विडारी सापकोटा, हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, पल्पसा आइसोेलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, लक्ष्मण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

COVID Help Desk3.4

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback