News & Events »

श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया सम्पन्न (२०७८ चैत्र १०)

ELMS FGD1
मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य हाल देशका विभिन्न जिल्लासहित मकवानपुर जिल्लामा भइरहेको छ । सर्वेक्षण कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर भइरहेको हो । सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायलाईसमेत योजना तर्जुमा गर्न भावि दिनमा सहयोगी हुने विश्वास लिइएको छ । त्यसैगरी रोजगारदाता र दक्ष व्यक्ति बीच उपयुक्त श्रम सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने प्रक्षेपण गरिएको छ ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष तारा प्रसाद पौडेल, उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर होटल एशोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी, निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मकवानपुका अध्यक्ष गणेशहरी उप्रेती, वरिष्ठ उपाध्यक्ष सुवर्णलाल श्रेष्ठ, मउवासंघका महासचिव दिपक उप्रेती, सि.एन.आई. ई.एल.एम.एस. एल.एम.आई. युनिटका कोअर्डिनेटर गुञ्जन खनाल, कार्यकारी सचिव तथा सर्भेको मकवानपुर जिल्लाका फिल्ड सुपरभाइजर पवन कार्की, फिल्ड रिसर्चरद्वय प्रभा बलम्पु र सौरभ तिमल्सिनाले मन्तव्य राखेका थिए ।

ELMS FGD2
कार्यक्रममा मउवासंघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, सहकोषाध्यक्ष निलम पाण्डे, कार्यसमिति सदस्य सितादेवी भेटवाल, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेललगायत विभिन्न संघका पदाधिकारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा श्रम बजार सर्वेक्षण कार्यलाई सघाउने, श्रम बजारलाई व्यवस्थित गर्न मूलरुपमा सरकार संवेदनशील हुनुपर्ने, विदेशमा श्रमगर्दा कमाई हुने तर स्वदेशमै गर्दा नहुने समस्याको समाधान खोजिनुपर्ने, उद्योग/व्यवसाय क्षेत्रले नाफा आर्जनगर्दा श्रमिक नियुक्ती बढ्ने र नगर्दा घट्ने भएकोले सरकारी नीति, भन्सार तथा राजश्व नीतिमा सुधार गर्नुपर्ने, विभिन्न तालिमहरुको सदुपयोगको मुल्याङ्कन गरिनुपर्ने, सर्भे एकपक्षीय भएको, श्रमशक्ति विदेश पलायन हुन नदिन स्वदेशमै रोजगारीको प्रवन्ध गर्न आवश्यक रहेको, उद्योग नबढेसम्म रोजगार नबढ्ने भएकोले उद्योगहरु स्थापनाको लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने जस्ता विषयहरुमा चर्चा गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback