News & Events »

श्रम बजार सचिवालयको घोषणा (२०७७ माघ ४)

ELMS Lunching1

बागमती प्रदेश स्तरीय श्रम बजार सचिवालय परियोजनाको आइतबार घोषणा गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा हेटौंडामा उक्त घोषणा कार्यक्रम भएको हो ।

ELMS Lunching2

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ खुलाल, सिटिइभिटी बागमती प्रदेशका प्रमुख टैलेन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी, सुमित केडिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत रमेश सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विनोद विडारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल होटल संघका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक साह, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोसन दहाल, सि. एन. आई. का बागमती प्रदेश संयोजक ऋषिराम दहाल, दुग्द्य उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायण देवकोटा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टलगायत नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारीहरु, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालसहित पदाधिकारीहरु, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष श्याम ढकाल, मकवानपुर होटल एशोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका विष्णु विडारीसहित उद्योगी/व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

ELMS Lunching3
कार्यक्रममा परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए । विभिन्न वक्ताहरुले परियोजनाले स्थलगतरुपमै विस्तृत अध्ययन गरेर श्रमिकको तथ्यपरक अभिलेख तयार गर्ने र सरकारी निकायहरुलाई पनि योजना तर्जुमाको लागि उक्त अभिलेख महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गरिएको थियो ।
बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले निजी क्षेत्रले ८० प्रतिशत भन्दा बढी रोजगारी प्रदान गर्ने क्षमता रहेको जिकिर गर्नुहु“दै यस सचिवालय परियोजनाले बागमती प्रदेशमा श्रमिकको उपलब्धता, उद्योगको आवश्यक्ता, आवश्यक तालिम र रोजगारीको सुनिश्चितताको लागि काम गर्न गइरहेको प्रति खुशी प्रकट गर्नुभयो । साथै परियोजनाको कारण तीन तहको सरकारी निकायहरुलाई नीति निर्माणमा सघाउ पुग्ने, रोजगारी सिर्जना भई विदेशिनु पर्ने वाध्यता हट्ने, मुलुककै सामाजिक आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो ।

ELMS Lunching6



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback