News & Events »

श्रम ऐन/नियमावली, सामाजिक सुरक्षा ऐन/योजना सम्बन्धी अन्तरक्र्रिया सम्पन्न

२०७६ जेष्ठ २१, हेटौंडा
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन २०७४ र सामाजिक सुरक्षा योजनाका अन्तरवस्तु बारे जानकारी गराउने उद्देश्यले मंगलबार एक कार्यक्रम गरिएको छ । हेटौंडामा आयोजित उक्त कार्यक्रमको आतिथ्यता मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ ले गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्दप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघका केन्द्रिय सदस्य श्री राजकुमार न्यौपाने, संघका अध्यक्ष कृष्ण कटुवाल, नेउवामहासंघ प्रदेश नंं ३ का कोषाध्यक्ष श्री ज्ञान वहादुर विसुराल, श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेश भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष श्री अनिल अग्रवाल, सचिव काव्यमणि अधिकारी, कार्यसमिति सदस्यहरु निलम वैद्य, कृष्ण ढुंगाना, नरेन्द्र भण्डारी, रुपकराज दहाल, थाहा नगर उवासंघका अध्यक्ष श्री कविराज खत्रि, रत्ननगर उवासंघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका एशोसियट सदस्य, वस्तुगत सदस्य, महिला उद्यमीहरुका साथै संञ्चारकर्मीहरु गरी करिब अस्सी जनाको उपस्थिति रहेको थियो ।
श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन २०७४ र सामाजिक सुरक्षा योजनाको विषयमा नेउवामहासंघका उप–महानिर्देशक हंशराम पाण्डेयले प्रस्तुतिकरण गर्नु भएको कार्यक्रममा नेउवामहासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेउवामहासंघका केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी, राजकुमार न्यौपाने, नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, एमएम पोलिमर्स प्रालिका जनरल मेनेजर तथा यस संघका पूर्व उपाध्यक्ष विजय कुमार वैद्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback