News & Events »

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न (२०७६ कात्तिक ९)

Chiyapan 2076

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघले दशैं र तिहारको बीचमा नेपालीहरुको विभिन्न उल्लासमय चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । सोही क्रमको निरन्तरताकोरुपमा यस वर्ष पनि जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरु, उद्योगी/व्यवसायी तथा शुभचिन्तक महानुभावहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा संघीय सांसद कृष्ण प्रसाद दहाल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई, ३ नं. प्रदेश प्रतिपक्षि दलका नेता पूर्व गृहराज्यमन्त्री सांसद ईन्द्र बानिया, नेकपा जिल्ला अध्यक्ष तथा सांसद मुनु सिग्देल, प्रदेश सांसद प्रेम बहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, वेलारुसका अवैतानिक राजदुत अजेयराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी र राजकुमार न्यौपाने, संघका पूर्वअध्यक्षहरु, उद्योग संघका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल, विभिन्न सरकारी गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले नेपालीहरुको विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नु भएपश्चात आपसमा शुभकामना आदानप्रदान तथा चियापान गरी कार्यक्रम सम्पन्न भएको थियो । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback