News & Events »

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न । (२०७५ कार्तिक १९)

संघले हरेक वर्ष झै यस वर्ष पनि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता प्रदान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा तिहार, नेपाल सम्वत १११९ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । शुभकामना मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बा“ध्न सहयोग गरेको बताउनुहु“दै सबै नेपालीको सुस्वास्थ्य, समृद्धिको कामना गर्नुभएको थियो ।

                शुभकामना तथा चियापान कार्यक्रममा मकवानपुरका माननीयज्यूहरु, स्थानीय निकाय तथा प्रहरी प्रशासनका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, संघका पूर्वअध्यक्षज्यूहरु, संघका सल्लाहकारज्यूहरु, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरु, जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरु, गैरसरकारी संघसंस्थाहरु, बस्तुगत संघसंस्थाहरु, निजी क्षेत्रका संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरु, संघका सदस्यहरुलगायत सञ्चारकर्मीज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback