News & Events »

शुक्रबार सुकौरा गाविसमा राहत सामग्री वितरण

बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उत्पन्न समस्याको तात्कालिक समाधानको लागि मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायी तथा ईच्छुक सर्वसाधारणहरुबाट राहत सामग्री तथा नगद संकलन गरी जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्दार समिति संग समन्वय गर्दै बैशाख १३ गतेदेखिनै सक्रिय रही राहत संकलन र प्रभावित क्षेत्रमै गई राहत सामग्रीहरुको वितरण कार्यसमेत गरिरहेको छ । यसै वीच हेटौंडा डेरी ईण्डष्ट्रिज प्रा.लि., नेवारपानीको सहयोग भएको त्रिपाल १०० थान, म्याट ३२ थान, चिउरा ५०० किलो, दही ५०० प्याकेट, चिनी २५० किलो, चाउचाउ १५२० प्याकेट, विस्कुट १० काटुन र लत्ताकपडालगायतका राहत सामग्रीहरु शुक्रबार सुकौरा गाविसमा वितरण गरिएको छ । एक कार्यक्रमको वीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा माननीय सभाषद् इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको विशिष्ट आतिथ्यता तथा प्रहरी उपरीक्षक प्रकाशजंग कार्की र सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम पोखरेलको विशेष आतिथ्यतामा वितरण कार्य भएको संघका महासचिव महेन्द्र राउतले बताएका छन् । कार्यक्रममा डेरीका महाप्रवन्धक सन्तोषकुमार यादव, संघका सल्लाहकार प्रदिप कोइराला, रिपोटर्स क्लवका जिल्ला अध्यक्ष सविन न्यौपाने, नेपाली काग्रेसका सुर्य बहादुर रुम्बा, एमालेका वीरबहादुर रुम्बा र एमाओवादीका चन्द्र योन्जन, पत्रकार वालकृष्ण अधिकारी, युवा व्यवसायी शिव नारायण श्रेष्ठ, प्रकाश लामा तथा गाविस सचिव जितेन्द्र वानियालगायतकाको उपस्थिति रहेको थियो ।
यसै गरी शुक्रबारनै राउत कन्सट्रक्शन प्रालि तथा शिभम फ्यूल सेन्टरबाट रु. ५१,०००।– सहयोग प्राप्त भएको छ । राउत कन्सट्रक्शन प्रालि र शिभम फ्यूल सेन्टरका प्रतिनिधिहरुबाट सहयोग रकम संघका अध्यक्ष राजकुमार न्यौपानेलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम स्वीकार गर्दै अध्यक्ष न्यौपानेले प्रभावितहरुको राहत सहयोगमा उक्त रकम खर्चिने बताएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback