News & Events »

शान्ति तथा सद्भाव ¥यालीः


        मकवानपुरमा निजि क्षेत्रको आव्हानमा शान्ति तथा सद्भाव ¥याली निकालिएको थियो । संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा विभिन्न राजनितिक दल, नागरिक समाज, उद्योगी व्यावसायी सहति शान्ति तथा सद्भाव ¥याली निकालिएको थियो । मुलुकमा बढ्दै गएको बन्द, हड्ताल, अविश्वास र अशान्तिको अन्त्य सहित सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ¥याली निकालिएको उल्लेख गरिएको थियो । बन्द र हड्तालको विकल्प खोजिनुपर्ने र मकवानपुरलार्य बन्दमुक्त क्षेत्र घोषणा गर्नुपर्ने मागसहित ¥याली निकालिएको थियो । ¥यालीमा उद्योगी÷व्यावसायी, राजनितिक दल तथा भातृ संगठन, नागरिक समाज, टोल विकास संस्था, आमा समूह, विद्यार्थी, गैरसरकारी संस्था, प्रहरी सहित सर्वसाधारणको सहभाचगिता रहेको थियो । ¥यालीमा सहभागीले सामाजिक ‘सद्भाव कायम राखौं’ ‘बन्दलाई सधैंको लागि बन्द गरौं’ ‘हेटौंडा खुल्ला छ’ ‘उद्योगी व्यवसायीलाई गरिखान देऊ’ ‘हिमाल,पहाड,तराई, कोहि छैन पराइ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकोका थिए । हेटौंडाको पल्पसाहलबाट शुरु भएको ¥याली मेनरोड, बुद्धचोक, बसपार्क, टिसिएन, सीमाचोक, कान्तिराजपथ हुँदै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुर शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल नगरि शान्ति कायम गर्न सधैं सबै लाग्नुपर्ने बताए । बन्द हड्ताल नै समस्याको समाधान नभएकोले यसको विकल्प खोज्न बन्दकर्तासँग आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, काँग्रेसका ३ नम्बर क्षेत्रीय सभापति प्रदीप कोइराला, एमालेका मुनु सिग्देल, राप्रपा नेपालका उपाध्यक्ष रामहरि न्यौपाने, राप्रपाका सीताराम बर्तौला उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback