News & Events »

व्यवसायीलाई हितकोष, विरामीलाई रक्तदान

मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीहरुको हितलाई केन्द्रमा राखी व्यवसायी हितकोष निर्माण गर्ने भएको छ । उद्योगी/व्यवसायीहरुको लागि संघको नियन्त्रणमा रहने गरी उक्त कोष निर्माण गरिने भएको हो । कोषको प्रभावकारी कार्यान्वयनको लाग कार्यविधि तयार गरि व्यवस्थित गरिने संघका अध्यक्ष राजकुमार न्यौपानेलेज्युले जानएका छन् । उद्योगी/व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको संघले व्यावसायिक हितको लागि प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी देखिएकोले यो हित कोषको अवधारण आएको हो । संघको सक्रिय पहलबाट कोषको वृद्धिको लागि विभिन्न उपायहरु अवलम्बन गरिने र संकलित कोषको प्रभावकारी परिचालन गर्नेसमेत अध्यक्ष न्यौपानेले बताएका छन् । फागुन ३० गते विहान ८ः०० बजेबाट एक कार्यक्रमको बीच वृहत रक्तदान कार्यक्रम गर्ने र सोही अवसरमा हितकोष संचालनको घोषणा गर्ने र धन्यवाद ज्ञापन कार्यक्रमसमेत हुनेछ । ३० गतेको कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न विभिन्न समिति बनाई जिम्मेवारी बाडफाड गरिएको छ । सदस्य तथा अथिति सत्कारको लागि संघका उपाध्यक्ष विष्णु खनालको संयोजकत्वमा ८ सदस्यीय समिति बनाइएको छ भने रक्तदान कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी कार्यसमिति सदस्य उज्वल चौलागाईसहित ५ सदस्यीय समितिलाई दिइएको छ । संघ समाजिक जिम्मेवारी र सदस्य प्रतिको दायित्वलाई वोध गर्दै दुवै कार्यक्रमलाई महत्वका साथ आयोजना गर्न गइरहेको संघका महासचिव महेन्द्र राउतले बताएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback