News & Events »

व्यवसायिक लेखा सम्बन्धी तालिमको समापन कार्यक्रमः


    संघका अध्यक्ष्ँ राजकुमार न्यौपानेको सभाध्यक्षता तथा स्थानीय विकास अधिकारी भोजराज खतिवडाको प्रमुख आतिथ्यतामा दश जोड दुई पास गरेका विद्यार्थीहरुलाई प्रदान गरिएको ७ दिने लेखा सम्बन्धी अभिमूखिकरण तालिम लिएका प्रशिक्षार्थीहरु प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा स्वागत मन्तब्य संघका अध्यक्ष राजकुमार न्यौपानेले दिनुभएको थियो । मन्तब्यको क्रममा अध्यक्षले सहभागिहरुलाई तालिमको सहि सदुपयोग गर्न आग्रह गर्नुहु“दै आगामि दिनहरुमा संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो । कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जिविस भएको रकमले जिल्लाका आदिवासी जनजातिहरुलाई लक्षित गरि विभिन्न दश जोड दुई पास गरेर खालि समय बेतित गरिरहनुभएका विद्यार्थी भाई बहिनिहरुलाई लेखा सम्बन्धी तालिम प्रदान गर्न पाउ“दा गर्वान्वित महसुस भएको जानकारी गराउनुहु“दै संघको प्रयासको प्रशंसा गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति जिविसका उपाध्यक्ष भवसागर श्रेष्ठले कार्यक्रम जनजाति लक्षित गरेर आयोजना गरेको तालिममा विभिन्न भाईबहिनीहरुलाई सहभागि गराएर रोजगारी सृजना गर्न गरेको प्रयासले परिणाम राम्रो आउने अपेक्षा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास अधिकारी भोजराज खतिवडाले तालिमको मुक्त कण्ठले प्रशंसा गर्दै प्रशिक्षार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा भएका केहि कमिकमजोरीलाई सुधार्नुपर्ने सुझाव दिंदै आगामी दिनहरुमा पनि फलदायी कार्यक्रमहरुको आयोजना गरि अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको जानकारी गराउनु भएको थियो ।
        कार्यक्रममा सहभागिहरुको तर्फबाट एक महिला र एक पुरुष गरि दुईजना सहभागिले मन्तब्य दिनुभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, महासचिव महेन्द्र राउत लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन संघका अध्यक्ष राजकुमार न्यौपानेले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback