News & Events »

व्यवसायिक योजना तथा कर सम्बन्धी तालिम सम्पन्न (२०७६ पौष ३)

Plan & Tax Training1

व्यवसायिक योजना तथा कर सम्बन्धी तालिम हेटौंडामा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहालको सभाध्यक्षता र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा पाच दिने तालिमको बिहीबार समापन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघले संयुक्तरुपमा तालिम व्यवस्थापन गरेका थिए । २०७६ मंसिर २९ गतेदेखि शुरुभएको तालिममा उद्यमी, पेशाकर्मी र अन्य प्रशिक्षार्थी गरी ३५ जनाको तालिममा सहभागिता रहेको थियो । कर सम्बन्धी तालिम लेखापरीक्षक पूर्णमान श्रेष्ठले प्रदान गर्नुभएको थियो भने व्यवसायिक योजना सम्बन्धमा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण प्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी व्यवसायिक समस्याहरु तथा सफलताका विषयमा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने र घरेलु तथा साना उद्योग संघका कार्यवाहक अध्यक्ष सुवर्णलाल श्रेष्ठले अभिमूखिकरण गरेका थिए ।

Plan & Tax Training2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback