Notice »

पूmटपाथ व्यवस्थापन र होटलमा सिसिटिभी राख्ने विषयमा छलफल । (२०७४ माघ २२)

 

                संघले फुटपाथ व्यवसाय र होटल व्यवसायीको विषयमा सरोकारवाला निकायसंग छुट्टाछुट्टै छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा हाल अव्यवस्थित फुटपाथ व्यवसायलाई पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको थियो । पैदल यात्रुहरुलाई समेत बाधा हुने गरी हाल सञ्चालित त्यस्ता व्यवसायलाई निषेध गरिने भएको हो । छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका तात्कालिन प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत धु्रव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्यज्यूहरुको सहभागिता रहेको थियो । छलफललाई औपचारिक रुपमा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले समापन गर्नुभएको थियो ।

                त्यसै गरी होटल व्यवसायी, जिल्ला प्रहरी कार्यालय मकवानपुर सहितको छलफलमा बासको व्यवस्था रहेको होटल लजहरुको रिसेप्सनमा सिसिटिभी क्यामेरा राख्ने निर्णय भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा जिल्ला प्रहरी कार्यालयका तात्कालिन प्रहरी नायब उपरीक्षक दिलिपराज झाज्यूले होटलहरुमा हुने अवाञ्छित कार्यहरु निरुत्साहित गर्नका लागि होटल व्यवसायीको समेत भूमिका रहने बताउनुभएको छ । होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माज्यूले होटल व्यवसायले रोजगार, राजश्व, विदेशी मुद्रा आर्जन जस्ता क्षेत्रमा टेवा पु¥याएपनि जिल्लाका होटल व्यवसायीले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गर्नुभएको थियो । छलफलबाट बास बस्न आउने ग्राहकलाई परिचय पत्रको प्रतिलिपी लिएर मात्र बास बस्न अनुमति दिनुपर्ने प्रहरी नायब उपरीक्षक झाको भनाई रहेको थियो भने मर्यादित रुपमा व्यवसाय सञ्चालन गरेका होटलमा कुनै किसिमको दुख नदिएको बताउनुभएको थियो । छलफलमा होटल एशोसियसनका पदाधिकारी, संघका पदाधिकारी तथा कार्यसमिति सदस्य, होटल व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback