News & Events »

व्यवसाय तथा मानवअधिकार सम्बन्धी गोष्ठी सम्पन्न (२०७६ कात्तिक ३०)

Business & Human Rights 1

नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ को अयोजना, UNDP को सहयोग र मकवानपुर उद्योग वाणिज्य संघको स्थानीय संयोजनमा हेटौंडामा एक दिवसीय व्यवसाय तथा मानवअधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेउवामहासंघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्व रहेको थियो भने प्रदेश नं. ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता, त्यसैगरी नेउवामहासंघका उपाध्यक्ष किशोर कुमार प्रधानको विशेष आतिथ्यता, हेटौंडा उपमहानगरपालिका कार्यालयका उपप्रमुख मिना लामा, युएनडिपिका राष्ट्रिय कार्यक्रम निर्देशक तथा कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको आतिथ्यता रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, मानव अधिकारवादी संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, ट्रेड युनियनका प्रतिनिधि, उपभोक्ता हित संरक्षण सम्बन्धी संघसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रालयका प्रतिनिधि, उद्योगी/व्यवसायी तथा पत्रकार आदीको सहभागिता रहेको थियो ।

कार्यक्रममा युएनडिपिका राष्ट्रिय कार्यक्रम निर्देशक तथा कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले संयुक्त राष्ट्रसंघको व्यवसाय तथा मानव अधिकार सम्बन्धी निर्देशक सिद्धान्त, नेपालमा यसको सान्दर्भिकता र महत्व बारे प्रकास पारेका थिए भने नेउवामहासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले संयुक्त राष्ट्रसंघको निर्देशक सिद्धान्त कार्यान्वयनमा निजि क्षेत्रको भूमिका माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यम बहादुर श्रेष्ठले मन्तव्य राखेका थिए भने हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले शुभकामना मन्तव्य, नेउवामहासंघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तव्य, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले समापन मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कार्यक्रमको सफलताको शुभकामना दिंदै विभिन्न दृष्टान्तहरु प्रस्तुत गर्दै सहभागितामूलक हिसावले प्रदेश सरकार कृषि क्षेत्रमा लगानी गर्न तत्पर रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहभागिहरुले विभिन्न विषयगत जिज्ञासा तथा सुझावहरु पेश गरेका थिए भने सुझावहरु ग्रहण गर्दै युएनडिपिका राष्ट्रिय कार्यक्रम निर्देशक तथा कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम र नेउवामहासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले जिज्ञासाहरु मेटाउने प्रयास गरेका थिए ।

Business & Human Rights 2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback