News & Events »

लोडसेडिङ सम्बन्धि छलफल कार्यक्रमः


        संघ र उद्योग संघ हेटौंडाको संयुक्त आयोजनामा लोडसेडिङ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संघको सभा कक्षमा गरियो । कार्यक्रममा नेपालकै ठूलो औद्योगिक क्षेत्र हेटौंडा भएकोले लोडसेडिङले गर्दा उद्योग धरासायी भएको भन्दै आद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउन आग्रह गरिएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षले औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाएर उद्योग निरन्तर रुपमा संचालन गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरेले औद्योगिक क्षेत्रमा बेलुका १० बजेदेखि विहान ६ बजेसम्म लोसेडिङ नभएमा आठ वटा नयाँ उद्योग सञ्चालनमा आउने क्रममा रहेको बताउनुभएको थियो । उक्त क्षेत्रलाई मात्र नेपाल विद्युत प्राधिकरणले चार मेघावात विद्युत प्रसारण गर्न दिएमा उद्योग सञ्चालनमा आउने बताउनुभएको थियो ।
    कार्यक्रमा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख दीर्घायुकुमार श्रेष्ठले मकवानपुर जिल्लामा ४८ घण्टा लोडसेडिङ भएको अवस्थामा ग्राहकलाई असर कम पर्ने खालको अपनत्व अपनाइरहेको जानकारी गराउनुभएको थियो । कुुलेखानी–हेटौंडा विद्युत प्राधिकरण प्रसारण लाइन जडानमा समस्या भएकोले लोडसेडिङलाई थप राहतका लागि तार तान्ने काम जारी राखेको जानकारी गराउनुभएको थियो । त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशीले औद्योगिक क्षेत्रका लागि २० एमबिको ट्रान्समिटर जडान गरेर ३२ केभीको सबस्टिच्युसनको लाइन जडान गर्नुपर्ने बताउनुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback