News & Events »

लेखनाथ उवा संघ/महिला उद्यमी भ्रमण टोलीको स्वागत

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी विकास समितिको भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । लेखनाथ उवा संघको महिला उद्यमी विकास समितिका संयोजक गितादेवी सुवेदीको नेतृत्वमा आएको २५ सदस्यीय भ्रमण टोलीले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरु संग भेटघाट तथा अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा हेटौंडा आएका हुन् । कार्यक्रममा विभिन्न अनुभव तथा गतिविधिहरु बारे चर्चा गरिएको थियो । भ्रमण टोलीमा लेखनाथ उवा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र कार्यसमिति सदस्य प्रशान्तराज धमलाको पनि सहभागिता रहेको थियो ।
मकवानपुर उवा संघले आयोजना गरेको उक्त सम्मान कार्यक्रमको सभापतित्व अध्यक्ष राजकुमार न्यौपानेले गरेका थिए । कार्यक्रममा भ्रमण टोलीलाई स्वागत मन्तब्यसमेत अध्यक्ष न्यौपानेले व्यक्त गरेका थिए । उहाले यस किसिमको भ्रमणले एक अर्कामा परिचित गराई सम्बन्ध विस्तार हुने र एक अर्काको गतिविधि आदनप्रदान हुनेहुनाले बेलाबेलामा अध्ययन अवलोकन भ्रमण आवश्यक हुने धारणासहित भ्रमणको सफलताको कामना गरेका थिए । कार्यक्रममा महासचिव महेन्द्र राउतले संघको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । मउवा संघ/महिला उद्यमी विकास समितिका निवर्तमान कार्यवाहक सभापति देवकुमारी ढकालले महिला उद्यमीको तर्फबाट भ्रमण टोलीलाई स्वागत मन्तब्य राख्नुभएको थियो । उहाले महिला उद्यमी विकास समितिले मकवानपुर जिल्लामा गरेको विविध गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणटोली तथा लेखनाथ उवा संघका महिला उद्यमी तथा भ्रमणटोलीका संयोजक गितादेवी सुवेदीले मकवानपुर उद्योग वाणिज्य संघमा आई महिला उद्यमी विकास समितिका सदस्यहरुसंग अनुभव साटासाट गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाले भ्रमणबाट धेरै कुराको बारेमा ज्ञान हासिल हुने विश्वाससहित भ्रमण कार्यक्रम अघि बढाइएको बताउनुभएको थियो । कार्यक्रममा लेखनाथ उवा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफ्नो संघको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । मन्तब्यको क्रममा उहाले सम्पूर्ण उद्योग वाणिज्य संघका समस्याहरु एकै किसिमका हुनेहुनाले मिलेर समाधन तर्फ पहल गर्नुपर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिका पूर्व सभापतिहरु निरा गोर्खाली, शर्मीला डंगोल र शुशीला पाण्डे मानन्धरलगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष, कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, कार्यसमिति सदस्य माधव न्यौपाने, प्रमोदसिंह रानाभाट, काब्यमणी अधिकारी, रवि कंडेल, छतेन्द्र आचार्य, निलम पाण्डे, निलम बैद्य,रेणु ज्ञवाली, महिला उद्यमी विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback