News & Events »

ललितपुर उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

ललितपुर उद्योग वाणिज्य संघका भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
भ्रमणका क्रममा मकवानपुर आइपुगेका टोलीलाई संघको सभाकक्षमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठज्यूले संघको गतिविधिका बारेमा जानकारी गराउनुभएको छ भने कार्यक्रममा हेटौंडामा जडान हुन थालेको सीसी टिभी, सुरुङमार्ग, व्यवसायकर, थ्रेसहोल्ड, मिसम्याच, घरवहाल समस्या, मेलालगायतको विषयमा छलफल भएको थियो ।
स्वागत कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष मृगेन्द्रमान प्रधान, महासचिव सविन श्रेष्ठलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा ललितपुर उवासंघका अध्यक्ष जोशीले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमकैरुपमा कान्तिराजपथलाई तत्कालिन समयमा नेपाल सरकारको रातो किताबमा अंकित गर्न मकवानपुर उवासंघ र ललितपुर उवासंघको सहकार्य रहेको समेत बताउनुभएको थियो । कार्यक्रममा आपसी समस्या, समाधानका उपायहरुलगायतका विषयमा समेत विचार विमर्श गरिएको थियो । संघका तर्फबाट महासचिव माधव न्यौपाने, सचिव रेणु ज्ञवाली, सहकोषाध्यक्ष अनिल अग्रवाल, सदस्य दिवश पराजुली, विजयकुमार श्रेष्ठ र ज्योतिरत्न बज्राचार्यज्यूले मन्तव्य राख्नुभएको थियो ।
नया“ सोचकोरुपमा अध्यक्ष भुवनलाल श्रेष्ठले नेपाल सरकारबाट उद्यँेगी÷व्यवसायीहरुसंग संकलन गरेको कर रकम मध्येबाट नेपाल उद्योग वाणिज्य महासंघमार्फत जिल्ला÷नगर उद्योग वाणिज्य संघमा वितरण हुन पर्ने जिकिर गर्नुहुदै यसका लागि ललितपुर उवासंघले पनि एक्येवद्धता प्रकट गर्नुहुन अनुरोध गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भुवनलाल श्रेष्ठज्युले गर्नुभएको थियो । कार्यक्रम संचालन महासचिव माधव न्यौपाने र समापन सचिव रेणु ज्ञवालीज्यूले गर्नुभएको थियो । उद्योग वाणिज्य संघले अन्य जिल्लाबाट भ्रमणका लागि आउने उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानका लागि स्वागत गर्ने गरेको छ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback