News & Events »

राहत सामग्री वितरण कार्यक्रम समापन (२०७७ कात्तिक ६)

मकवानपुर उद्योग वाणिज्य संघले वडा दशैं २०७७ लाई लक्षित गरी कात्तिक १ गतेबाट दैनिक विपन्न परिवारलाई राहत सामग्री वितरण गर्दै आएको थियो । बिहीबार उक्त राहत सामग्री वितरण कार्यक्रमको औपचारिक समापन गरिएको छ । कात्तिक १ गतेदेखि ५ गतेसम्म संघकै स्वामित्वमा रहेको पल्पसा परिसरबाट राहत वितरण गर्दै आएकोमा कात्तिक ६ गतेभने स्थलगतरुपमै राहत वितरण गरिएको हो । हेटौंडा नगरकै विकट क्षेत्रमध्ये एक हेटौंडा–१६, आकाशधारा र आसपासका क्षेत्रमै गई संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्व तथा संघका सल्लाहकार आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता राहत सामग्री वितरण गरिएको हो ।

Food distribution18

संघका सचिव सन्तोष कुमार अर्यालले संचालन गरेको कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, सदस्य जयवहादुर भोलन, समाजसेवी सोमनाथ दंगाल, जीवन कठायत, राम प्रसाद वास्तोला, उपेन्द्र प्रसाद गौतम, रमेश दंगाल, धर्मराज खड्का, मिलन पुडासैनी, संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता, कासस कुल प्रसाद चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।

Food distribution15

हेटौंडा–१६, आकाशधारा, पानीसरा, भोक्टे र झल्ला दमारका गरी ११० विपन्न परिवारलाई राहत समग्री वितरण गरिएको थियो । प्रति परिवार, राहत सामग्रीमा चामल १० किलो, चिउरा ४ किलो, तेल आधा लिटर, नुन १ पाकेट, मसला १ पाकेट, साबुन १ थान, बिस्कुट २ प्याकेटका दरले वितरण गरिएको थियो ।

Food distribution14

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback