News & Events »

राहत सामग्री भिमफेदीको सुपिङमाः

राहत सामग्री भिमफेदीको सुपिङमाः
    संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षको अध्यक्षतामा मकवानपुर जिल्लाको भिमफेदी– ७, सुपिङमा राहत सामग्री हस्तातरण गरिएको छ । राहत सामग्री विरगंज भन्सार क्षेत्रबाट ल्याइएको थियो । महाभुकम्पका पिडित ८० परिवारको लागि सामग्री ल्याइएको थियो । चामल, नुन, तेल, टर्चलाइट, ब्ल्याङकेटसहितको सामग्रीहरु ५० परिवारको लागि हस्तानतरणको जिम्मा प्रहरी चौकीका प्रहरी निरिक्षकलाई लगाइएको थियो । बाँकी ३० परिवारको लागि भिमफेदी –७, सुपिङका पिडितहरुलाई हस्तानतरण गरिएको थियो । राहत हस्तानतरणका लागि संघका का.स.स रेणु ज्ञवाली, का.स.स.÷ महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, आमन्त्रीत सदस्य कृष्णराम न्यौपाने, कार्यक्रम अधिकृत रजनी नेपाल, समाज सेवी तथा भुकम्प पिडीतका सहयोगी पवन तिमल्सिना साथै विरगंज भन्सार क्षेत्रका टोली लगायतको टोली गएको थियो ।  
राहत सामग्री  वितरण संघका अध्यक्ष लगायतका टोली, भीमफेदी प्रहरी चौकीका उपरीक्षक, नेपाली सेना, बीरगंज भन्सारका टोली लगायतकाले सामुहिक हस्तानतरण गरिएको थियो ।
कार्यक्रममा विहार मोतीहारी बाट एस.एस.पि. १५३ बटालियन सि.आर.पि.एफ कमान्डेड श्री कर्म भुटानीया संग एक टोलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एसएसपिले आफुहरु पिडितहरुको स्थलगत अनुगमन गर्न आएको र अनुमन पश्चात राहत सामग्री ल्याउनुका साथै कुनै एक अति पिडित एरियालाइै एडपट गर्ने र निरन्तर सहयोग गर्ने उद्देश्य रहेको जानकारी गराउनु भएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रम पश्चात एसएसपिको टोलीलाइ संघको अध्यक्षको अध्यक्षतामा मकवानपुरको नामटार गाविस–१, झिरघारीको स्थलगत अनुगमनको लागि लगिएको थियो । स्थलगत अनुगमन पश्चात उक्त टोलीले चाँडै राहतको प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback